logo

२०८१ बैशाख १६ आइतबार

logo
  • आइतबार, १६ बैशाख २०८१
  • दुर्गमका पीडा : बाजुरामा जहाज कुर्दाकुर्दै २३ वर्षीया सुत्केरीको मृत्यु

    दुर्गमका पीडा : बाजुरामा जहाज कुर्दाकुर्दै २३ वर्षीया सुत्केरीको मृत्यु

    6.9K
    Shares
    दुर्गमका पीडा  : बाजुरामा जहाज कुर्दाकुर्दै २३ वर्षीया सुत्केरीको मृत्यु

    बाजुरा । बाजुरामा जहाज कुर्दाकुर्दै एक सुत्केरीको मृत्यु भएको छ । बाजुरा जिल्लाको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचारका क्रममा हुम्लाको ताजाकोट गाउँपालिका–५ की २३ वर्षीया अंशु बुढाको सोमबार राति १० बजे मृत्यु भएको हो ।

    यही पुस १२ गते ताजाँकोट गाउँपालिकाको मदना स्वास्थ्य चौकीमा सुत्केरी भएकी बुढाको स्वास्थ्यमा जटिलता देखिएपछि परिवारले थप उपचारका लागि मदना स्वास्थ्य संस्थामा लगेका थिए । सुत्केरी भएको ११ दिनपछि बुढाको स्वास्थ्यमा श्वास–प्रश्वाससम्बन्धी समस्या देखिएपछि थप उपचारका लागि स्वास्थ्य संस्था लगिएको ससुरा जितबहादुर बुढाले जनाकारी दिए ।

    उपचारका लागि मदना स्वास्थ्यचौकी लगिएकी निज बुढाको त्यहाँ उपचार सम्भव नभएपछि नेपालगन्ज रेफर गरियो । नेपालगन्जको जहाज नआएपछि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गरिएकी निज बुढाको मृत्यु भएको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर रन्जित शाहले जानकारी दिए ।

    डा. शाहले भने, ‘सुत्केरी अवस्थामा सामान्यतया अक्सिजनको मात्रा ९५ भन्दा माथि हुनुपर्छ। कोल्टी पुग्दा उनको अक्सिजन ४९ मात्रै थियो ।’

    दुर्गम क्षेत्रमा जोखिम परेका विपन्न समुदायका गर्भवती तथा सुत्केरी महिलाको समयमै हवाई उद्धार गर्न राष्ट्रपति महिला उत्थान कार्यक्रम भए पनि पहुँच नपुगेपछि अकालमै बुढाले ज्यान गुमाइन ।।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend