logo

२०८१ बैशाख २७ बिहिबार

logo
  • बिहिबार, २७ बैशाख २०८१
  • सेयर बजार ३ .२७अंकको वृद्धि

    सेयर बजार ३ .२७अंकको वृद्धि

    962
    Shares
    सेयर बजार ३ .२७अंकको वृद्धि

    काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य अंकको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक ३ दशमलव २७ अंकले बढेर दुई हजार ७३ दशमलव ५३ को बिन्दुमा कायम भएको छ ।

    आज ३ सय ३ कम्पनीको ७४ लाख ५९ हजार ४ सय २४ कित्ता शेयर ५३ हजार २ सय ५६ पटक खरिदबिक्री हुँदा रुपैँया २ अर्ब ८८ करोड ५६ लाख ३७ हजार८ सय १८ बराबरको कारोबार भएको छ ।

    बैंकिङ समूह शून्य दशमलव ०३, लगानी समूह शून्य दशमलव ४६, उत्पादन तथा प्रशोधन शून्य दशमलव ८२ र निर्जीवन बीमा समूह शून्य दशमलव १० प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै विकास बैंक समूह एक दशमलव ३० र वित्त समूह १ दशमलव ०८ प्रतिशतले बढेको छ ।

    गुर्खाज फाईनान्स लिमिटेड, सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड, पिपुल्स पावर लिमिटेड र धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ५ दशमलव १५ प्रतिशतले घटेको छ ।

    कारोबार रकममा आधारमा गुर्खाज फाईनान्स लिमिटेडको रुपैँया २३ करोड १४ लाख ५८ हजार ७७ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने अपर तामाकोशी हाईड्रोपावर लिमिटेडको ६ लाख ४२ हजार ५ सय ९१ कित्ता शेयर किनबेच भनेको छ।रासस


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend