logo

२०८१ बैशाख १८ मंगलबार

logo
  • मंगलबार, १८ बैशाख २०८१
  • चलचित्र ‘डम्बरे’को छायाँकन झापाबाट शुरु

    चलचित्र ‘डम्बरे’को छायाँकन झापाबाट शुरु

    1.3K
    Shares
    चलचित्र ‘डम्बरे’को छायाँकन झापाबाट शुरु

    काठमाडौँ । निर्देशक उदय सुब्बाको निर्देशन रहने फिल्म ‘डम्बरे’को छायांकन सुरु भएको छ । झापाबाट सुरु फिल्मको छायांकन सुरु भएको निर्देशन उदय सुब्बाले बताए ।

    निर्देशक सुब्बाले फिल्मको छायांकन गुपचुप रुपमा सुरु गरेका हुन् । निर्माण पुरा भएपछि मात्र फिल्मको विषयमा हल्ला गर्ने उद्देश्यले फिल्मको छायांकन गुपचुप सुरु गरेको निर्देशक सुब्बाले बताए । इन्द्र लिम्बुको निर्माण रहेको फिल्मको कथा युवाहरुमा बेरोजगारीले निम्त्याएको विभिन्न समस्या बनाइएको छ ।

    फिल्ममा अर्जुन गुरुङ, चन्दा दाहाल, जीवन लिम्बु, विजय लिम्बु, धिरज परेवा, विजय राई, राजेन्द्र दाहाल अलवा निर्देशक सुब्बाको पनि मुख्य भूमिका रहनेछ । एसएस इन्टरनेशनल फिल्मस् प्रालीको ब्यानरमा निर्माण हुन लागेको फिल्मको छायांकार बिक्रम डिसी हुन् ।

    विकास चौधरीको संगीत, विजय लिम्बुको द्वन्द्व रहेको फिल्म झापा र इलामका विभिन्न स्थानमा छायांकन हुनेछ ।फिल्मको छायांकन सेडुल एक महिनाको रहेको छ । फिल्ममा ‘डम्बरे’को शीर्ष भूमिकामा अर्जुन गुरुङ देखिछन् । फरक ढंगबाट परदेशीएका युवाको कथालाई डम्बरेमा देखाइने उनले बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend