logo

२०८१ बैशाख १८ मंगलबार

logo
  • मंगलबार, १८ बैशाख २०८१
  • नेपालको लगातार तेस्रो जित, हङकङ, ८ विकेटले पराजित

    नेपालको लगातार तेस्रो जित, हङकङ, ८ विकेटले पराजित

    2.2K
    Shares
    नेपालको लगातार तेस्रो जित, हङकङ, ८ विकेटले पराजित

    काठमाडौं । नेपालले एसीसी प्रिमियर कप २०२४ मा हङकङलाई ८ विकेटले हराउँदै लगातार तेस्रो जित हात पारेको छ । समूह ए मा तेस्रो जितका साथ नेपालको सेमिफाइनल यात्रा अव औपचारिकता मात्रै बाँकी छ ।

    अंक तालिकामा दुई खेल खेलेको साउदी अरेबिया दुई अंकसहित दोस्रो, समान खेल खेलेको मलेसिया दुई अंकसहित तेस्रो, तीन खेल खेलेको हङ्कङ दुई अंकसहित चौथो र दुई खेल खेलेर अंक जोड्न नसकेको कतार पाँचौँ स्थानमा छन् ।

    ११५ रनको लक्ष्य पछ्याएको नेपालले १२।२ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । ओपनर आसिफ शेखले १८ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ४० रन बनाए ।

    अर्का ओपनर कुशल भुर्तेल १९ बलमा ३ चौका र २ छक्कासहित ३२ रन बनाए । नेपाललाई ओपनर कुशल भुर्तेल र आसिफ शेखले ५।३ ओभरमा ७० रन जोड्दै शानदार सुरुवात दिलाएका थिए ।

    टस हारी पहिले ब्याटिङको निम्तो पाएको हङ्कङले १७.५ ओभरमा लआउट हुनुअघि एक सय १४ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले १२.२ ओभरमा केवल दुई विकेट गुमाएर एक सय १७ रन बनाउँदै विजयलक्ष्य पार ग¥यो । वर्षाका कारण निर्धारित समयभन्दा ढिलो सुरु भएकाले खेल १८–१८ ओभरमा झारिएको थियो ।

    रोहित पौडेल २० बलमा ३ चौकासहित २५ रनमा नटआउट रहे । सन्दीप जोराले १७ बलमा १ चौका र १ छक्कासहित १९ रन बनाए । बलिङतर्फ हङकङका एहसान खान र यासिम मुर्तजाले १र१ विकेट लिए ।त्यसअघि अल अमरेत क्रिकेट ग्राउण्ड १ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङ १७।५ ओभरमा ११४ रनमा अल आउट भएको थियो ।

    कप्तान निजाकत खानले २६ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ३४ रन बनाए । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।ओपनर मार्टिन कोट्जी ८, निजाकत खान १२, बाबर हायत ६, अजिज खान ७, यासिम मुर्तजा २ नसरुल्ला राणाले ६, जिशान अली १४ र एहसान खान ११ रनमा आउट भए ।

    नेपालका तीव्र गतिका बलर अभिनाश बोहराले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए । ललित राजवंशीले ४ ओभरमा १ मेडनसहित १४ रन खर्चेर २ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले २ र करण केसीले १ विकेट लिए ।

    नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेट र दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियो ।नेपालले समूह चरणको अन्तिम खेल बुधबार साउदी अरेवियासँग खेल्नेछ ।

    समूह ए मा अब मलेसिया र साउदी अरेवियाको मात्रै ६ अंक पुग्न सक्छन् । मलेसियाले सोमबार नै अर्को खेलमा कतारसँग खेलिरहेको छ । उक्त खेलमा मलेसिया पराजित भएमा नेपाल आज नै सेमिफाइनलमा पुग्नेछ ।

    हरेक समूहबाट दुई टोली सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको विजेताले टी(२० विश्वकपपछि हुने एसिया कप टी २० प्रतियोगिता खेल्न पाउनेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend