logo

२०८१ बैशाख १८ मंगलबार

logo
  • मंगलबार, १८ बैशाख २०८१
  • बर्दियाबाट २३ किलो चरेश जस्तो पदार्थसहित एक जना पक्राउ

    बर्दियाबाट २३ किलो चरेश जस्तो पदार्थसहित एक जना पक्राउ

    1.1K
    Shares
    बर्दियाबाट २३ किलो चरेश जस्तो पदार्थसहित एक जना पक्राउ

    काठमाडौँ । प्रहरीले बर्दियाको सिमा इलाकाबाट करिब २३ किलो चरेश जस्तो पदार्थ सहित एक ब्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

    आज बिहान ३:४५ बजे बर्दिया जिल्ला बढैयाताल गाउँपालिका २ फुटाहा स्थित सीमा इलाकामा शंकास्पद हर्कत गरिरहेका एक व्यक्तिलाई शंका लागि चेकजाँच गरेको थियो ।

    चेकजाँच गर्दा साथमा दुई वटा झोलामा प्लास्टिकले बेरेको ३९ वटा प्याकेटमा करिब २३ किलो लागु औषध चरेश जस्तो देखिने पदार्थ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट (बिओपी) फुटाहा बर्दियाले बरामद गरेको हो ।

    उक्त समान सहित नेपाल बाट भारतर्फ जान लाग्दा पक्राउ परेका व्यक्ति रुकुम पश्चिम जिल्ला सानोभेरी गाउँ पालिका( ५ स्थायी घर भएका वर्ष ३४ का बम बहादुर पुन रहेको खुलेको छ ।

    निजलाई बरामद सामान सहित थप अनुसन्धानको लागि सम्बन्धित निकायमा बुझाइएको डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend