logo

२०८१ बैशाख १८ मंगलबार

logo
  • मंगलबार, १८ बैशाख २०८१
  • सुनको मुल्यवृद्धिमा फेरी नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार?

    सुनको मुल्यवृद्धिमा फेरी नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार?

    4.9K
    Shares
    सुनको मुल्यवृद्धिमा  फेरी नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार?

    काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातु सुन को मूल्य आज प्रतितोला रुपैँया १ हजार ७ सयले उकालो लागेर कीर्तिमान कायम गरेको छ । लगातार उकालो लागेको सुनको मूल्य आजको वृद्धिपछि हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन सोमबारको तुलनामा रुपैँया १ हजार ७ सयले उकालो लागेर रुपैँया १ लाख ३९ हजार २ सय निर्धारण भएको छ । तेजाबी सुन आज प्रतितोला रुपैँया १ लाख ३८ हजार ५ सय ५० निर्धारण भएको छ ।

    त्यस्तै, चाँदीको मूल्य प्रतितोला रुपैँया एक हजार ७ सय ५० निर्धारण भएको महासंघले जनाएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend