logo

२०८१ बैशाख १८ मंगलबार

logo
  • मंगलबार, १८ बैशाख २०८१
  • १४औं केन्द्रिय राष्ट्रपति रनिङ सिल्ड शुरु, गणेशद्वारा हाइजम्पमा ६ वर्ष पुरानो रेकर्ड सुधार

    १४औं केन्द्रिय राष्ट्रपति रनिङ सिल्ड शुरु, गणेशद्वारा हाइजम्पमा ६ वर्ष पुरानो रेकर्ड सुधार

    598
    Shares
    १४औं केन्द्रिय राष्ट्रपति रनिङ सिल्ड शुरु, गणेशद्वारा हाइजम्पमा ६ वर्ष पुरानो रेकर्ड सुधार

    काठमाडौँ। सालको जुनियर राष्ट्रिय कीर्तिमान सुधार गर्दै गण्डकी प्रदेशका गणेश विकले मंगलवार १४ औं केन्द्रिय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताअन्तर्गत एथलेटिक्सको पहिलो दिन छात्र हाइजम्पमा स्वर्ण जितेका छन् ।

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको ट्य्राक एण्ड फिल्डमा हाइ जम्पतर्प गणेशले १.८१ मिटर उचाई जम्प गर्दै ६ वर्ष अगाडिको कीर्र्तिमान सुधार गरेका हुन् । यसअघि २०७५ सालमा लुम्बिनीका प्रभु थारुले १.७७ मिटरको कीर्तिमान बनाएका थिए ।

    जुन मंगलवार गणेशले सुधार गरेका हुन् । यससँगै गणेशले राष्ट्रिय कीर्तिमानमार्पत १५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । यसै विधामा वागमती प्रदेशका अविनास सुनारले रजत पदक जिते । उनी १.७५ मिटर माथि उचाई उफ्रिए ।

    लुम्बिनी प्रदेशका मिलन विश्वकर्मा १.७० मिटर उचाई उफ्रदै काँस्य पदक जित्न सफल भए । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा मंगलवारदेखि राष्ट्रपति रनिङ सिल्ड शुरु भएको हो । कुल ६ खेल विधा प्रतिष्पर्धा हुँदै छ ।

    यीमध्ये एथलेटिक्समा विभिन्न २६ स्पर्धा समावेश छन् । पहिलो दिन मंगलवार ८ स्पर्धाको फाइनल सम्पन्न भयो । छात्रा हाइजम्पमा सुदूरपश्चिम प्रदेशकी सुस्मिता चौधरी र गण्डकीकाी सीमा श्रेष्ठ शीर्ष दुईमा रहे । सुस्मिता १.४१ मिटर र सीमा १.३८ मिटर उचाई उफ्रिए ।

    लुम्बिनीकी पूजा नेपाली र कर्णाली प्रदेशकी हीरा बुढा दुवै जना काँस्य जित्न सफल भए । दुवै जना १.३० मिटर उचाइ उफ्रिए । छात्र एक हजार पाँच सय मिटर दौडमा गण्डकीका बादल कार्की ०.४ सेकेन्डले अघि रहँदा स्वर्ण जित्न सफल भए । बादलले चार मिनेट १९.१ सेकेण्ड समय लगाउँदा रजत विजेता कर्णालीका अजय विकले चार मिनेट १९.६ सेकेन्ड खर्चिए । सुदूरपश्चिमका विक्रम विक तेस्रो भए । उनले ४ मिनेट २२.७ सेकेन्ड समय लगाए ।

    यसै विधाको छात्रामा कर्णालीकी कल्पना बुढाले स्वर्ण जितिन् । कल्पनाले पाँच मिनेट ०४.४ सेकेन्डमा निर्धारित दूरी पूरा गरिन् । सुदूरपश्चिमकी देवकीकुमारी धामी पाँच मिनेट १३.०९ सेकेन्ड र वागमतीकी अस्मिता भुजेल ५ मिनेट १९.८ सेकेन्डका साथ दोस्रो र तेस्रो भए ।

    छात्राको चार सय मिटर दौडमा लुम्बिनीका रोहितकुमार गुप्ताले स्वर्ण जिते । उनले ५१.५ सेकेण्डमा दूरी तय गरे । वागमतीका सन्तबहादुर दराई ५१.९ सेकेण्डका साथ रजत र कोशी प्रदेशका राकेश सार्की ५२.१ सेकेण्डका साथ काँस्य जित्न सफल भए ।

    यसै स्पर्धाको छात्रामा कर्णालीकी सरिता खड्काले स्वर्ण जितिन् । सरिताले १ मिनेट ०२.३ सकेण्ड समयमा दूरी पूरा गरिन् । लुम्बिनीकी अनिशा थारु १ मिनेट ०३.५ सेकेन्डका साथ रजत र कर्णालीकी भावना कर्साल १ मिनेट ०३.७ सेकेण्ड समय निकाल्दै काँस्य जित्न सफल भइन् ।

    छात्रको एक सय मिटर दौडमा मधेश प्रदेशका आदेशकुमार यादवले स्वर्ण जित्दा ११.२० सेकेन्ड समय लगाए । बागमतीका प्रवीण राना मगर ११.३५ सेकेन्डका साथ रजत पदक जित्न सफल भए ।

    सुदूरपश्चिमका चन्द्र बोहराले ११.५२ सेकेण्ड समय निकाल्दैं काँस्य पदक जिते । यसै स्पर्धाको छात्रामा सुदूरपश्चिमकी रितु जोशीले स्वर्ण जित्दा १३.५८ सेकेन्ड समय लगाए ।

    गण्डकीका एञ्जल अधिकारीले १३.६६ सेकेण्ड समयसहित रजत पदक जिते । गण्डकीकै निशा घर्तीले काँस्य पदक जितिन् । उनले १३.७५ सेकेन्ड समय लगाइन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend