logo

२०८१ बैशाख १८ मंगलबार

logo
  • मंगलबार, १८ बैशाख २०८१
  • सेतो मच्छिन्द्रनाथको पूजा अर्चना गर्नेहरुको भीड

    सेतो मच्छिन्द्रनाथको पूजा अर्चना गर्नेहरुको भीड

    702
    Shares
    सेतो मच्छिन्द्रनाथको पूजा अर्चना गर्नेहरुको भीड

    काठमाडौँ । काठमाडौंको प्रसिद्ध सेतो मच्छिन्द्रनाथको पूजा अर्चना गर्नेहरुको भीड लागेको छ ।चैत्र शुक्ल अष्टमी (मंगलवार) बाट शुरु भएको रथजात्राको रथ तानेर मंगलवार नै असन पुर्याइएको थियो । तीनधारा पाठशालाबाट शुरु भएको रथ जात्रालाई मंगलवार जमलबाट तानेर असन पर्याइएको थियो ।

    आज (बुधवार) रथलाई तानेर असन, बालकुमारी, केलटोल, इन्द्रचोक, मखन हूँदै हनुमान ढोका पर्याइनेछ । चैत ६ गते सो रथलाई हनुमानढोका दरबार परिसर, मरु टोल, चिकँमुगल, जैसीदेवल ज्याबहाल हुँदै लगन चोक पुर्याइन्छ ।

    मच्छिन्द्रनाथको रथ लगन पुगेपछि यसको स्वागत गरी भोज खाने चलन छ । पानी, सहकाल र दीर्घजीवनको कामना गर्दै यो रथजात्रा निकाल्ने गरिन्छ । सेतो मच्छिन्द्रनाथलाई करुणाको खानी रुपमा पनि लिइन्छ । मल्लकालीन राजा यक्ष मल्लको पालाबाट यो जात्रा शुरु भएको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend