logo

२०८१ बैशाख १८ मंगलबार

logo
  • मंगलबार, १८ बैशाख २०८१
  • एकल जातीय चिन्तन, सोचबाट नेपालको शासन सत्ता चलिरहेको छ : राजेन्द्र महतो

    एकल जातीय चिन्तन, सोचबाट नेपालको शासन सत्ता चलिरहेको छ : राजेन्द्र महतो

    650
    Shares
    एकल जातीय चिन्तन, सोचबाट नेपालको शासन सत्ता चलिरहेको छ : राजेन्द्र महतो

    काठमाडौँ । पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतोले एकल जातीय चिन्तन सोचबाट नेपालको शासन सत्ता चलिरहेको आरोप लगाएका छन् ।

    बुधवार काठमाडौँमा आयोजित आफ्नै राजनीतिक जीवनी ‘अधुरा क्रान्ति’ नामक पुस्क विमोचन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले अधिकार र पहिचान मेटाइदिने काम राम्रो नभएको बताए । उनले पृथ्वीनारायण शाहपछिका अहिलेसम्मका शासकहरुले साझा नेपाल बनाउन नसकेको बताए ।

    उनले १०४ वर्षे जहाँनिया शासन, त्यसपछि वंशीय शासन र ०४६ सालको लोकतन्त्रपछि अहिलेसम्म गणतन्त्रसम्म नश्लीय शासन सत्ता मात्रै सञ्चालन भइरहेको बताए । उनले भने, ‘यो देश कानून बन्दाखेरी नै वान नेशन, वान स्टेटेड थेउरीमा नेपाल बनेकै थिएन । यहाँ जबरजस्ती नेपाल चलाउन खोज्यो ।

    अप्राकृतिक ढंगले नेपालको शासन र संविधान बनाउन र चलाउने काम भयो । यो देश बन्दाखेरी नै विभिन्न पहिचानहरु मिलाएर बनेको नेपाल हो नि त । बाइसे, चौबिसे भनेको होइन । नेपाल बन्नु भन्दा पहिला त छुट्टै राज्य र पहिचान थिए नि । सबै पहिचान एक ठाउँ बनाएपछि नेपाल बनेको हो नि । नेपाल बन्यो राम्रो हो, हामी स्वाभिमानी भयौँ, पहिचान भयौँ, राम्रो हो ।

    तर अधिकार र पहिचान मेटाइदिने त्यो त राम्रो भएन नि । पृथ्वीनारायण शाहपछिका अहिलेसम्मका शासकहरुले साझा नेपाल त खै बनाएको ? साझा फूलबारी खै ? १०४ वर्षे जहाँनिया एकल फूलबारी भयो । एकल फूलबारी बन्यो ।

    त्यसपछि बंसीय शासन । ०४६ सालको लोकतन्त्रपछि अहिलेसम्म गणतन्त्रसम्म नश्लीय फूलबारी । एकल जातीय चिन्तन सोचबाट नेपालको शासन र संविधान बनाएर चलाइएको छ, यो त ठिक भएन नि ।’ नेता महतोले सबैको भाषा, संस्कृति र भेषभुषाको मान्यता हुनुपर्ने बताउनु भयो । उहाँले देश एकल चिन्तन सोचबाट चल्न नसक्ने बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend