logo

२०८१ बैशाख १८ मंगलबार

logo
  • मंगलबार, १८ बैशाख २०८१
  • विनोद सुमन कृयाशिल पत्रकारिता पुरस्कारको घोषणा

    विनोद सुमन कृयाशिल पत्रकारिता पुरस्कारको घोषणा

    1.4K
    Shares
    विनोद सुमन कृयाशिल पत्रकारिता पुरस्कारको घोषणा

    सनत हमाल
    मुगु । नेपाल पत्रकार महासंघ मुगु शाखाले विनोद सुमन कृयाशिल पत्रकारिता पुरस्कारको घोषणा गरेको छ । शाखाको बुधबार सम्पन्न ७ औँ जिल्ला अधिवेशन तथा १३ औँ साधारण सभामा सस्थापक अध्यक्ष विनोदकुमार मल्ल र शाखाका पुर्वअध्यक्ष स्वर्गीय सुमन मल्लको नामबाट यो पुरस्कारको घोषणा गरिएको हो ।

    मुगु जिल्लामा कृयाशील पत्रकारहरु मध्यबाट समावेशीलाई आधार मान्दै शाखाको जिल्ला अधिवेशनको बेला दुई जना पत्रकारलाइ पुरस्कृत गरिने बताइएको छ । पुरस्कार रकम जुटाउन र पुरस्कृत पत्रकार छनौट गर्न शाखाले कार्यविधी बनाइ कार्य अगाडि बढाउनेछ । संकलित रकम एउटा अक्षयकोष स्थापना गरेर त्यसैमा जम्मा भएको रकमबाट आएको ब्याजबाट पत्रकारलाइ पुरस्कृत गरिने र यो कोष कम्तिमा पाँच लाखको बनाइने लक्ष लिएको मुगु शाखाका अध्यक्ष नृपेन्द्रबहादुर मल्लले बताए ।

    उद्घाटन सत्रमा लामो समयदेखि पत्रकारिता गरिरहेका शाखामा आवद्ध तीन जना पत्रकार र शाखालाइ विभिन्न समयमा आर्थिक, भौतिक तथा क्षमता विकासमा सहयोग गर्दै आएका चार स्थानीय तह, एक गैरसरकारी सस्थालाइ पनि सम्मानित गरिएको थियो ।

    सम्मानीत हुने पत्रकारहरुमा नयाँ पत्रीका राष्ट्रिय दैनिका जिल्ला समाचारदाता अच्युतराज भण्डारी, न्युज २४ मुगु समाचारदाता दानबहादुर बुढा र नेपाल समाचारपत्र दैनिकका मुगु जिल्ला समाचारदाता वीरबहादुर बम रहेका छन ।  स्थानीय तहहरुमा छायानाथ रारा नगरपालिका,खत्याड गाउपालिका,सोरु गाउँपालिका र मुगुम कार्मारोङ गाउँपालिका लाई पनि पत्रकार महासंघ मुगु शाखाले सम्मानपत्र प्रदान गरेको थियो ।

    गैर सरकारी संघ सस्थाहरु मध्यबाट हिमाली ग्रामिण युवा समाज विकास केन्द्र (हिरिसडेक) मुगुलाइ सम्मानीत गरिएको थियो ।

    उद्घाटन सत्रको प्रमुख अतिथिमा समन्वय उपप्रमुख नैली कार्की, विशिष्ट अतिथिमा छायाँनाथ रारा नगरपालिका प्रमुख विष्णुकुमार भाम, विशेष अतिथिमा नेपाल पत्रकार महासंघ केन्द्रिय समितिका प्रतिनिधि विमल हमाल, सोरु गाउँपलिका उपाध्यक्ष केशरजंग शाही, सहायक प्रमुख जिल्ला अधिकारी हरिबहादुर खत्री र अतिथिहरुमा नेपाल निजामती कर्मचारी आधिकारिक ट्रेड युनियन केन्द्रिय उपाध्यक्ष कृष्णबहादुर सेजुवाल, ट्रेड युनियन मुगु अध्यक्ष रेशमबहादुर रावल, जिल्ला स्थित सरकारी कार्यालयका प्रमुखहरु, शिक्षक महासंघ मुगुका अध्यक्ष विष्णुमाया भाम, गैरसरकारी महासंघका मुगु अध्यक्ष कर्णजंग शाही, मुगु उधोग बाणिज्य संघका अध्यक्ष कमलबहादुर बुढा, बौद्धिक व्यक्तित्व देवबहादुर मल्ल र नागरिक अगुवा रुपबहादुर मल्ल रहेका थिए ।

    उद्घाटन सत्रपछी शुरु भएको शाखाको बन्द सत्रमा सचिव जीवन सेजुवालले प्रस्तुत गरेको साङठनिक प्रतिवेदन र कोषाध्यक्ष सुकमाया शाहिले पेश गर्नु भएको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गर्दै गर्दै पाँच बुदे प्रस्तावका अन्य निर्णय पनि सर्वसम्मत पारित गरेको थियो ।

    मुगु शाखाको ७ औँ जिल्ला अधिवेशन तथा १३ औँ साधारण सभाको उदघाटन र बन्द दुबै सत्र महासंघका केन्द्रिय प्रतिनिधि विमल हमालको रोहभरमा सम्पन्न भएको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend