logo

२०८१ बैशाख १८ मंगलबार

logo
  • मंगलबार, १८ बैशाख २०८१
  • पाकिस्तानमा तीन सवारीसाधन एकआपसमा ठोक्किँदा ८ जनाको मृत्यु, ३० जना घाइते

    पाकिस्तानमा तीन सवारीसाधन एकआपसमा ठोक्किँदा ८ जनाको मृत्यु, ३० जना घाइते

    676
    Shares
    पाकिस्तानमा तीन सवारीसाधन एकआपसमा ठोक्किँदा ८ जनाको मृत्यु, ३० जना घाइते

    काठमाडौँ । पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तको जामशोरो जिल्लामा बुधवार तीनवटा सवारीसाधन एकआपसमा ठोक्किँदा कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएका उद्धार सेवाले जनाएको छ ।

    दुर्घटना जिल्लाको मांझन्द क्षेत्र नजिकै सिन्धु राजमार्गमा बिहान सबेरै भएको थियो जब एक तेल ट्याङ्कर, एक ट्रक र एक यात्रु बस एकआपसमा ठोक्किँदा मृत्यु भएको थियो । सुरुमा तेल ट्याङ्कर र ट्रक एकआपसमा ठोक्किएपछि केही सेकेण्डमै बसले पछाडीबाट ठक्कर दिएको थियो ।

    जसका कारण मृत्यु भएको हो । खबर पाएलगत्तै उद्धारकर्मी घटनास्थलमा पुगेर घाइतेहरुलाई नजिकैका विभिन्न अस्पतालमा लगिएको उद्धार सेवाले जनाएको छ ।

    मृत्यु हुनेमा तेल ट्याङ्करका क्लिनर र चालक रहेका छन् । दुर्घटनाग्रस्त बस सिन्धको लारकाना सहरबाट प्रान्तीय राजधानी कराँचीतर्फ गइरहेको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend