logo

२०८१ बैशाख १८ मंगलबार

logo
  • मंगलबार, १८ बैशाख २०८१
  • लुम्बिनीमा प्रदेशमा एकीकृत समाजवादीका मन्त्री थप

    लुम्बिनीमा प्रदेशमा एकीकृत समाजवादीका मन्त्री थप

    806
    Shares
    लुम्बिनीमा प्रदेशमा एकीकृत समाजवादीका मन्त्री थप

    रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले एकैदिन दोस्रो पटक मन्त्रिमण्डल बिस्तार गरेका गरेका छन् ।  बिहीबार बिहान मन्त्रिमण्डल बिस्तार गरेर १० सदस्यीय बनाएका महराले दिउँसो पुन एक मन्त्री थपेका छन् ।

    मन्त्रिपरिषदको सूची सार्वजनिक भएपछि एकीकृत समाजवादीकी सांसद भगवती अधिकारीले मुख्यमन्त्री र सत्ता गठबन्धनका दलहरुले आफ्नो दलमाथि बेइमानी गरेको भन्दै आपत्ति जनाइन् ।

    २२ चैतमा सत्ता गठबन्धनका चार दल एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र स्वतन्त्र सांसद खड्ग बस्नेतबीच ७ बुँदे सहमतिमा जनता समाजवादी पार्टीलाई दुई तथा नेकपा एकीकृत समाजवादी र एक स्वतन्त्र सांसदलाई एक–एक मन्त्रालय दिने सहमति थियो ।

    सहमति अनुसार एकीकृत समाजवादीले मन्त्री नपाएको भन्दै प्रदेश सांसद अधिकारीले मुख्यमन्त्री महराप्रति रोष व्यक्त गर्दै अब मुख्यमन्त्री र सरकारलाई साथ दिन नसकिने बताइन् ।

    बिहीबार मुख्यमन्त्री महराले मन्त्रिपरिषद विस्तार गर्दा एमाले, माओवादी केन्द्र, जसपा र स्वतन्त्र सांसद बस्नेतलाई मन्त्री बनाए, एकीकृत समाजवादीलाई वास्ता गरेनन् ।

    सहमति अनुसार एकीकृत समाजवादीले मन्त्री नपाएको भन्दै प्रदेश सांसद अधिकारीले मुख्यमन्त्री महराप्रति रोष व्यक्त गर्दै अब मुख्यमन्त्री र सरकारलाई साथ दिन नसकिने बताइन् ।

    सरकारका प्रवक्तासमेत रहेका माओवादी नेता दीपेन्द्र पुनले एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराउनेबारे निर्णय नभएको  प्रतिक्रिया दिए ।

    थपिएका मन्त्री एकीकृत समाजवादीबाट भगवती चौधरी छन् । मुख्यमन्त्रीले यसअघि एमालेका चार र उन्मुक्तिका एक र माओवादीका एक मन्त्री थपेर मन्त्रिमण्डल बिस्तार गरेका उनले समाजवादीबाट एकजना थपेसँगै ११ सदस्यीय बनेको छ । बिहीबार नियुक्त भएका ७ जना नै विना विभागीय हुन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend