शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

एनपिएलका लागि यस्तो बन्दैछ कीर्तिपुर क्रिकेट मैदान

एनपिएलका लागि यस्तो बन्दैछ कीर्तिपुर क्रिकेट मैदान

एनपिएलका लागि मैदान तयारी गरिँदै काठमाडौँ, १३ मङ्सिरः काठमाडौँको कीर्तिपुरस्थित क्रिकेट मैदान टी–२० फ्रेञ्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपिएल)का लागि तयारी गरिँदै । यही मङ्सिर १५ गतेदेखि पुस ६ सम्म प्रतियोगिता चल्ने भएको छ । तस्बिरः नवीन पौडेल÷रासस

काठमाडौं । राजधानीको कीर्तिपुरस्थित क्रिकेट मैदान टी–२० फ्रेञ्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपिएल) आउँदो शनिबारदेखि आयोजना हुँदैछ । एनपिएलमा विभिन्न आठ टिमले भाग लिदैछन् ।

एनपिएल मङ्सिर १५ गतेदेखि पुस ६ सम्म प्रतियोगिता चल्ने भएको छ । विराटनगर किङ्स,जनकपुर बोल्ट्स, चितवन राइनोज, काठमाडौं गुर्खाज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सले भाग लिएका छन् ।

उद्घाटन खेलका लागि सामान्यतर्फ तीन सय र भिआइपीतर्फ सात सय रुपैयाँ टिकट मूल्य राखिएको क्यानले जनाएको छ । त्यस्तै लिग चरणका अन्य खेलका लागि सामान्यतर्फ तीन सय र भिआइपीतर्फ पाँच सय रुपैयाँ मूल्य तय गरिएको छ ।

एनपिएलको प्लेअफका खेल हेर्ने दर्शकहरूले सामान्यतर्फ पाँच सय र भिआइपीतर्फ सात सय रुपैयाँको टिकट काट्नुपर्नेछ । त्यस्तै, फाइनल खेलका लागि भने सामान्यतर्फ पाँच सय र भिआइपीतर्फ एक हजार रुपैयाँ टिकटको मूल्य तोकिएको क्यानले जनाएको छ ।
सिजनल पासको हकमा २० प्रतिशत छुटसहित सामान्यतर्फ चार हजार चार सय ८० र भिआइपीतर्फ आठ हजार दुई सय ४० रुपैयाँ मूल्य निर्धारण गरिएको छ ।

तस्बिरः नवीन पौडेल, रासस

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend