२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

एनपिएलका लागि यस्तो बन्दैछ कीर्तिपुर क्रिकेट मैदान

बिहिवार , मंसिर १३, २०८१

काठमाडौं । राजधानीको कीर्तिपुरस्थित क्रिकेट मैदान टी–२० फ्रेञ्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपिएल) आउँदो शनिबारदेखि आयोजना हुँदैछ । एनपिएलमा विभिन्न आठ टिमले भाग लिदैछन् ।

एनपिएल मङ्सिर १५ गतेदेखि पुस ६ सम्म प्रतियोगिता चल्ने भएको छ । विराटनगर किङ्स,जनकपुर बोल्ट्स, चितवन राइनोज, काठमाडौं गुर्खाज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सले भाग लिएका छन् ।

उद्घाटन खेलका लागि सामान्यतर्फ तीन सय र भिआइपीतर्फ सात सय रुपैयाँ टिकट मूल्य राखिएको क्यानले जनाएको छ । त्यस्तै लिग चरणका अन्य खेलका लागि सामान्यतर्फ तीन सय र भिआइपीतर्फ पाँच सय रुपैयाँ मूल्य तय गरिएको छ ।

[caption id="attachment_334327" align="alignnone" width="2560"] एनपिएलको प्लेअफका खेल हेर्ने दर्शकहरूले सामान्यतर्फ पाँच सय र भिआइपीतर्फ सात सय रुपैयाँको टिकट काट्नुपर्नेछ । त्यस्तै, फाइनल खेलका लागि भने सामान्यतर्फ पाँच सय र भिआइपीतर्फ एक हजार रुपैयाँ टिकटको मूल्य तोकिएको क्यानले जनाएको छ ।[/caption]

[caption id="attachment_334329" align="alignnone" width="2560"] सिजनल पासको हकमा २० प्रतिशत छुटसहित सामान्यतर्फ चार हजार चार सय ८० र भिआइपीतर्फ आठ हजार दुई सय ४० रुपैयाँ मूल्य निर्धारण गरिएको छ ।[/caption]

[caption id="attachment_334330" align="alignnone" width="2560"] तस्बिरः नवीन पौडेल, रासस[/caption]

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ