२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

पिच सहज नभए पनि अनुभवबाट खेल जितियो : सोहेल तनभिर

सोमवार , मंसिर १७, २०८१

काठमाडौं । काठमाडौं गुर्खाजविरुद्ध पाँच विकेट लिएका चितवन राइनोजका पाकिस्तानी बलर सोहेल तनभिरले पिच सहज नभए पनि आफ्नो अनुभवका कारण मद्दत मिलेको बताएका छन् ।

नेपालको जस्तो पिचमा आफूले खेलिसकेको र झन्डै चार सय वटा ट्वान्टी–२० क्रिकेट खेलेकाले आफूलाई आज खेल्न गाह्रो नभएको बताए ।

योजनाअनुरूप खेल्न कहिले कहीँ नहुने भएपनि आज आफू भाग्यशाली रहेको उनको भनाइ छ । उनले आफ्नो टोली राम्रो रहेको समेत उल्लेख गरे । करिव २० वर्ष आफ्नो खेल करियर रहेको र आफूसँग भएको ज्ञान नेपालका क्रिकेटरलाई सेयर गर्न सदैव तयार रहेको उनले बताए । साथै तनभिरले नेपाली क्रिकेट बिस्तारै विकास हुँदै आएको समेत उल्लेख गरे ।

पराजित टोली काठमाडौंका कप्तान करण केसीले राम्रो शुरुवात पाए पनि त्यसलाई सदुपयोग गर्न नसकेको बताए । करिव १५०–१६० को लक्ष्य सोचे पनि शुरुमा राम्रो साझेदारी हुन नसक्दा योजना पूरा नभएको करणको भनाइ छ ।

विदेशी खेलाडीलाई पिचमा खेल्न गाह्रो हुँदा घरेलु खेलाडीले इनिङ अगाडि बढाउनुपर्ने उनको धारणा छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट