२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

एनपिएल : आज सुदूरपश्चिम र विराटनगर, चितवन र पोखराबीच प्रतिस्पर्धा

मंगलवार , मंसिर १८, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा आज दुई खेल हुँदै छन्।

आज बिहान सुदुरपश्चिम रोयल्स र विराटनगर किंग्सले प्रतिस्पर्धा गर्दैछन् भने दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्स भिड्नेछन्।

सुदूरपश्चिम र विराटनगरको पहिलो खेल बिहान ९स्१५ बजे सुरु हुनेछ । चितवन र पोखराको दोस्रो खेल दिउँसो १स्१५ बजे हुनेछ ।

दुवै खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय ९टियू० क्रिकेट मैदानमा हुनेछन्।

विराटनगर सन्दीप लामिछानको कप्तानीमा मैदानमा हुनेछ भने सुदूरपश्चिम दीपेन्द्रसिंह ऐरीको कप्तानीमा प्रतिस्पर्धामा उत्रिने छ ।

पोखरा कुशल भुर्तेलको कप्तानीमा मैदानमा हुनेछ भने चितवन कुशल मल्लको कप्तानीमा छ।

चितवन आज पोखरालाई हराउँदै लगातार जितको खोजीमा हुनेछ ।

 

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट