
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा आज दुई खेल हुँदै छन्।
आज बिहान सुदुरपश्चिम रोयल्स र विराटनगर किंग्सले प्रतिस्पर्धा गर्दैछन् भने दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्स भिड्नेछन्।
सुदूरपश्चिम र विराटनगरको पहिलो खेल बिहान ९स्१५ बजे सुरु हुनेछ । चितवन र पोखराको दोस्रो खेल दिउँसो १स्१५ बजे हुनेछ ।
दुवै खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय ९टियू० क्रिकेट मैदानमा हुनेछन्।
विराटनगर सन्दीप लामिछानको कप्तानीमा मैदानमा हुनेछ भने सुदूरपश्चिम दीपेन्द्रसिंह ऐरीको कप्तानीमा प्रतिस्पर्धामा उत्रिने छ ।
पोखरा कुशल भुर्तेलको कप्तानीमा मैदानमा हुनेछ भने चितवन कुशल मल्लको कप्तानीमा छ।
चितवन आज पोखरालाई हराउँदै लगातार जितको खोजीमा हुनेछ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend