शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

विराटनगरमाथि सुदूरपश्चिम रोयल्सको शानदार जित, विराटनगरको लगातार दोस्रो हार

विराटनगरमाथि सुदूरपश्चिम रोयल्सको शानदार जित, विराटनगरको लगातार दोस्रो हार

काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपिएल) मा आज बिहान भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्समाथि शनदार जित निकालेको छ ।

टीयु क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १८३ रनको लक्ष्य पछ्याएको विराटनगर किंग्स १६ ओभर एक बलमा ९२ रनमा समेटिएको हो ।

टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै १८२ रन हान्यो ।

सुदूरले दिएको १८३ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको विराटनगर १६ ओभर एक बलमा सबै विकेट गुमाउँदै रनमा ९२ सिमित भयो ।

विराटनगरका लागि बसिर अहमदले २४, राजेश पुलामी मगरले १५ र अनिल खरेलले १० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङमा सुदूरपश्चिमका स्कट कुगेलेइन र अभिनास बोहराले ३–३ विकेट लिए ।

विराटनगरमाथि सुदूरपश्चिमबाट दीपेन्द्र सिंह ऐरीले अर्थशतक प्रहार गरे । उनले २४ बलमा ५७ रन जोडे । उनले ५ छक्का र ३ चौकाको मद्दतमा ५७ रनको अर्धशतकीय पारी खेले ।

सुदूरपश्चिमका ब्रान्डन म्याकमुलनले २६ बलमा ३६ रन बनाए । यस्तै इशान पाण्डेले १६ बलमा २१ रन जोडे ।

विराटनगरका स्पिनर अनिल खरेलले ४ ओभरमा २६ रन खर्चेर तीन विकेट लिएका थिए । यस्तै, बसिर अहमद क्रिस सोल र इस्मत आलमले १–१ विकेट बाँडे । प्रतिश र कप्तान सन्दीप लामिछाने विकेटविहिन रहे ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend