सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

चितवन राइनोजले दियो पोखरा एभेन्जर्सलाई १६२ रनको लक्ष्य, बोपाराको अर्धशतक

चितवन राइनोजले दियो पोखरा एभेन्जर्सलाई १६२ रनको लक्ष्य, बोपाराको अर्धशतक

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको मंगलबार जारी दोस्रो खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई १६२ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको पोखराले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको चितवनले ७ विकेटको क्षतिमा १६१ रन जोड्यो । चितवनका लागि इंग्लिस ब्याटर रवि बोपाराले ३८ बलमा ५१ रन बनाए। उनले तीन–तीन चौका र छक्का प्रहार गरे ।

ओपनिङ ब्याटर दीपक बोहरा २ रनमा पहिलो ओभरमा विपिन खत्रीबाट बोल्ड भए ।

बलिङमा पोखराका विपिन खत्री, बास डे लिडे र रेमन्ड राइफरले २२ विकेट लिए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend