मंगलबार, बैशाख ९ २०८२

मंगलबार, बैशाख ९ २०८२

मितेरी सहकारी ठगी प्रकरणमा थप प्रमाण भटिएपछि धनराज गुरुङसँग सीआईबीले लियो दोस्रो पटक बयान

मितेरी सहकारी ठगी प्रकरणमा थप प्रमाण भटिएपछि धनराज गुरुङसँग सीआईबीले लियो दोस्रो पटक बयान

काठमाडौं । मितेरी बचत तथा सहकारी संस्था लिमिटेडको बचत रकम अपचलनमा थप प्रमाण पाएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कांग्रेसका उपसभापति धनराज गुरुङसँग दोस्रो पटक बयान लिएको छ ।

ललितपुरको मितेरी सहकारी ठगी प्रकरणबारे सीआईबीले उपसभापति गुरुङसँग दोस्रो पटक सोधपुछ गरेको हो । यसअघि २८ कात्तिकमा सीआईबीले गुरुङलाई आफ्नो कार्यालयमा बोलाएर सोधपुछ गरेको थियो ।

सीआईबीको कार्यालय लाजिम्पाटमा बोलाएर मंगलबार गुरुङमाथि सोधपुछ गरिएको प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए । सहकारीको बचत अपचलनको विषयमा थप कागजात भेटिएपछि दोसा्रे पटक बयान लिईएको बोगटीले जानकारी दिए ।

मितेरी सहकारीको साढे १२ करोड रुपैयाँ हिनामिना गरेको भन्दै सहकारीका सचिव बोधबिक्रम थापाले महाप्रबन्धक ज्योति गुरुङसहित ५ जनाविरुद्ध सीआईबीका उजुरी दिएका थिए ।

यो सहकारी ठगी प्रकरणमा धनराजकी पूर्वपत्नी ज्योति गुरुङ र ज्योतीबहादुर भण्डारीविरुद्ध रेड नोटिस समेत जारी भएको छ ।

यो पनि :

सिआइबीले कांग्रेस उपसभापति धनराज गुरुङसँग सहकारी अपचलनको विषयमा लियो ५ घण्टा बयान

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend