२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

रवि लामिछानेलाई न्यायाधीशको आदेशमा फेरि पठाइयो हिरासत

आइतवार , पौष २८, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरी हिरासतमा पठाइएको छ। जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासले लामिछानेलाई प्रहरीको जिम्मा लगाउन आदेश दिएका हुन्।

न्यायाधीश अधिकारीको आदेशपछि जिल्ला अदालत काठमाडौंमा बयान भए पनि थुनछेक बहस नभएपछि उनलाई प्रहरी हिरासतमा पठाइएको हो। लामिछानेलाई जिल्ला प्रहरी परिसर भद्रकालीको हिरासतमा राखिने भएको छ ।

राजधानीको कालिमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको बचत दुरूपयोग आरोपमा लामिछानेसहित ३९ जनाविरूद्ध १ अर्ब १९ करोड ४९ लाख २१ हजार २ सय ७० रुपैयाँ बिगो कायम गर्न माग गर्दै मुद्दा दर्ता भएको थियो।

यो पनि :

रवि लामिछानेको बयान सुरु

रविको बयान न्यायाधीश माधव प्रसाद अधिकारीको इजलासमा

काठमाडौँ जिल्ला अदालतमा उपस्थित भए रवि

रवि आज जिल्ला अदालत काठमाडौँमा हाजिर हुने

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट