२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

सभापति कप फुटबल प्रतियोगिताको ट्रफी अनावरण (तस्बिरहरु)

बुधवार , माघ १६, २०८१

काठमाडौं । सभापति कप फुटबल प्रतियोगिताको ट्रफी अनावरण गरिएको छ ।

नेपाली कांग्रेस लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा राजधानीमा जारी सभापति कप फुटबल प्रतियोगिताको ट्रफी अनावरण गरिएको हो ।

शहीद दिवसको अवसर पारेर काठमाडौंको शहीद गेटमा आयोजकले ट्रफी अनावरण गरेको हो । महाधिवेशन निर्देशन समितिले आज शहीद दिवस परेकाले ट्रफी सहिद गेटमा अनावरण गरेको जनाएको छ ।

माघ १० गतेदेखि सुरु भएको नकआउट फुटबल प्रतियोगिताको फाइनलमा संकटा क्लव र आयोजक लोकतान्त्रिक खेलकुद संघ वागमती प्रदेश (वागमती) फाइनलमा प्रवेश गरिसकेका छन् । प्रतियोगिताको विजेतालाई नगद २६ लाख र उपविजेतालाई १३ लाख रुपैयाँ प्रदान गरिनेछ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ