२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

सीमा क्षेत्रमा हुने लागुऔषधको समस्या न्यूनीकरण गर्न निर्देशन

सोमवार , चैत्र १७, २०८१

धरान । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सीमा क्षेत्रमा हुने लागुऔषधको समस्यालाई न्यूनीकरण गर्न सशस्त्र प्रहरी बलले उच्च महत्व दिएको बताएका छन ।

सशस्त्र प्रहरी बल नेपाल नं १ बराहवाहिनी मुख्यालय सुनसरीको २४औँ स्थापना दिवसका अवसरमा उनले लागुऔषधको प्रमुख समस्या रहेको कोशी प्रदेशमा विशेष योजना बनाएर काम गर्न बराहवाहिनी मातहतका सुरक्षा अधिकारीलाई निर्देशन दिएका हुन ।

अर्यालले वाहिनी र मातहतका युनिटले सीमित बन्दोबस्ती तथा संरचनाका बाबजुत बेसको सीमा सुरक्षा, लागुऔषध विपद् व्यवस्थापनलगायत विविध क्षेत्रमा देखाएको प्रभावकारी कार्य सम्पादन प्रशंसनीय रहेको बताए ।

वाहिनीको स्थापना दिवसका अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक अवार्ड, विपद् उद्धार, आन्तरिक व्यवस्थापन, अपरेसन कार्यलगायतका विभिन्न क्षेत्रमा उत्कृष्ट काम गर्ने कर्मचारी वीरगति प्राप्त राष्ट्रसेवकका परिवारसहित सशस्त्र प्रहरी बललाई सहयोग गर्ने सङ्घसंस्थालाई महानिरीक्षक अर्यालले सम्मान गरेका थिए।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट