२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

वीरगञ्ज बालसुधार गृहमा तनावः अनुगमन भन्दै महिनामा ७ पटकसम्म पुगेपछि आक्रोशित

मंगलवार , चैत्र १८, २०८१

वीरगञ्ज । वीरगञ्जको बालसुधार गृहमा डेढ वर्षपछि फेरि तनाव उत्पन्न भएको छ ।

बालसुधार गृहमा रहेका बाल कैदीबन्दीले सुधार गृहमा खाना,बास लगायतको समस्या भएको भन्दै मंगलवार होहल्ला गर्दै तोडफोड गर्न थालेपछि स्थिति तनावग्रस्त बनेको हो । सुधार गृहमा बाल कैदीबन्दीहरुले होहल्ला गर्दै तोडफोड गर्न खोजेको सूचना पाएलगत्तै त्यहाँ पुगेको प्रहरीले स्थिति नियन्त्रणमा लिएको पर्साका प्रहरी प्रवक्ता किशोर लम्सालले जानकारी दिए। अहिले सुधार गृहभित्रै असन्तुष्ट बाल कैदीबन्दीहरुसँग पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल,प्रहरी उपरीक्षक मिश्र,प्रहरी नायब उपरीक्षक किशोर लम्साल सहितको टोलीले छलफल गरी उनीहरुको माग सम्बोधन गर्ने आश्वासन दिएपछि अहिले स्थिति समान्य भएको प्रवक्ता लम्सालले बताए।

बाल सुधार गृहमा विभिन्न कसुरमा संलग्न १२७ जना बाल कैदीबन्दीहरु छन् । तर सुधार गृहको क्षमता ५० जनासम्मको छ । बाल कैदीबन्दीहरु आक्रोशित हुनुमा सरकारी संघ संस्थादेखि, गैरसरकारी संघसंस्था धेरै आउने गरेको कारण रहेको पनि बताए। उनले एक महिनामा अनुगमनका लागि भनेर ५\७ पटक भन्दा बढी टोलीहरु आउने क्रम रहेको समेत ब्यक्त गरे । यो क्रम तीन वर्षदेखि नै जारी रहेको र उनीहरुले शोधपुछ गर्ने क्रममा तपाईंहरुका समस्या समाधान गर्छौं भन्ने आश्वासन दिने तर अहिलेसम्म पूरा नगरेकोमा आफूहरुलाई जिस्क्याएको महशुस गरेर आक्रोशित भएको हुनसक्ने बताए ।

उनले भने, ‘आज लगभग पौने १ बजेतिर त्यहाँभित्र भएका भाइहरुले १२७ जना छन् । उनीहरुले त्यहाँको प्रशासनसँगको असन्तुष्टि र अन्य विभिन्न निकायहरुबाट अनुगमनको क्रममा एक महिनामा ५\७ पटक भन्दा बढी टिमहरु आउने । प्रत्येक दिन आउने, सोधपुछ गर्ने, त्यहाँको अवस्थालाई हेर्ने, त्यहाँको भौतिक पूर्वाधारदेखि अन्य अवस्था पनि कमजोर नै छ । हाम्रो कम्पाउण्ड नै सानो छ । त्यहाँको क्यापासिटी ४५\५० जनाको हो । १२७ जना बसिरहेका छन् । खानेपानीका समस्या, छन्, गर्मीको समस्या, सुत्ने ठाउँको समस्या छ । त्यो समस्या विभिन्न सरकारी संस्था, गैरसकारी संस्थाहरुबाट अनुगमनका क्रममा जाँदा हिजो पनि र आज पनि फरक फरक अनुगमनको टोली आएको रहेछ । ति अनुगमन टोलीहरु पटक पटक आउँदा हामीलाई जिस्क्याउन आएको जस्तो लाग्यो । आउनुहुन्छ, सोध्नुहुन्छ, सुनुवाई हुन्छ भन्नुहुन्छ, दुई तीन वर्षदेखि समस्या उस्तै छ । जिस्क्याउन आएको जस्तो लाग्यो । न्युनतम सुविधाबाट वञ्चित भएका छौँ । भन्नेकुरा गरेर आवेगमा आएर होहल्ला गर्नुभयो । सुरक्षाकर्मीले तत्काल खबर गरेपछि सम्झाइ बुझाइ गरेका छौँ । एउटा लगाएको ताला फुटाउने कोशिस गर्नुभयो । तर सफल हुन सक्नुभएन ।’

यसअघि २०८० भदौ २६ गतेपनि बालसुधार गृहमा बालकैदीबन्दीहरुबीच नै आपसमा झडप हुँदा ११ बालकैदीबन्दी र ३ जना प्रहरी घाइते भएका थिए ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट