२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

विद्यालयका प्रधानाध्यापक मृत भेटिए

शनिवार , बैशाख ६, २०८२

मान्म, कालीकोट । कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका–४ उजेलगाउँमा एक प्रधानाध्यापक मृत अवस्थामा भेटिएका छन्। स्थानीय शान्ति आधारभूत विद्यालयका प्रधानाध्यापक ५४ वर्षीय कृष्णबहादुर शाही मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

शुक्रबार बेलुका नजिकैको बेलुपाटा बजारमा गएका शाही आज बिहान पनि घर नर्फिएपछि परिवारले प्रहरीलाई खबर गरेको थिए । स्थानीय र प्रहरीले खोजी गर्दा बेलुपाटा बजार नजिकै मृत अवस्थामा भेटिएको र अहिले घटनाका विषयमा जानकारी लिन जिल्ला प्रहरी कार्यालयको टोली त्यसतर्फ गइरहेको कालीकोट जिल्लाका प्रहरी प्रमुख टेकबहादुर रावतले जानकारी दिए।

“घटनाको अनुसन्धानका लागि प्रहरी त्यसतर्फ गइरहेको छ”, उनले भने, “घटनाका विषयमा अनुसन्धान हुनेछ ।”

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट