२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

बाल मन्दिर जग्गा लिज प्रकरणमा १७ जनाविरुद्ध ठगी कसुरमा मुद्दा

बुधवार , बैशाख २४, २०८२

काठमाडौँ । नक्सालस्थित नेपाल बाल मन्दिरको जग्गा लिज प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालयले ठगीको मुद्दा चलाएको छ । बाल मन्दिर जग्गा लिज प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भएको हो ।

बुधबार बाल मन्दिरकी तत्कालीन अध्यक्ष रीता सिंह वैद्यसहित १७ जनाविरुद्ध जिल्ला अदालत काठमाडौँमा ठगीको कसूरमा मुद्दा दायर भएको हो ।

सिंहसहित तत्कालिन बाल मन्दिरका उपाध्यक्ष तुलसी नारायण श्रेष्ठ, गणेशभक्त श्रेष्ठ, कृष्णशंकर शाह, श्यमकुमार आले, सुवासकुमार पोखरेल, प्रचण्डराज प्रधान, रामकाजी कोने, योगेन्द्रबहादुर शाही, दिपकदास श्रेष्ठ, प्रवीणराज जोशी र मुरारीनिधि तिवारीविरुद्ध मुद्दा दायर गरिएको छ । यस्तै यस्तै पुरुषोत्तमराज जोशी, श्रद्धा सेढाईँ, अमिन सिंहानियाँ, सिद्धार्थ केडिया र कीर्तिप्रसाद पाण्डेलाई प्रतिवादी बनाइएको छ ।

उनीहरुविरुद्ध मुलुकी अपराध संहिता र मुलुकी ऐन ठगीको महल कसुरबमोजिम ७ वर्ष कैद र ७० हजार रुपैयाँसम्मको मागदाबी गरिएको छ ।

प्रतिवादीहरुविरुद्ध कार्यालयले ६० करोड ३९ लाख ७७ हजार २३१ रुपैयाँ बिगो मागदाबी र सोही बराबर क्षतिपूर्तिको माग पनि गरिएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धन व्युरो (सिआईबी) ले आवश्यक अनुसन्धानपछि जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले थप छानवीन गरेर मुद्दा बुझाएको हो ।

मुद्दाको पूर्णपाठ:

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट