२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

भरतपुर मेयरकप फुटबलको दोस्रो संस्करण सोमबारदेखि, ७५ वटा विद्यालयको सहभागिता

आइतवार , जेठ २६, २०८२

चितवन । भरतपुर मेयरकप फुटबल प्रतियोगिताको दोस्रो संस्करण सोमबारदेखि सुरु हुने भएको छ । पालिकाभित्रका ७५ वटा विद्यालयको सहभागिता रहने प्रतियोगिता चार वटा खेल मैदानमा हुनेछ ।

चितवन जिल्ला फुटबल सङ्घको आयोजना र भरतपुर महानगरपालिकाको प्रवर्द्धनमा प्रतियोगिता गर्न लागिएको हो ।

महानगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयको सहभागिता रहने प्रतियोगिता दुई चरणमा गरिने सङ्घका महासचिव रामहरि ढकालले जानकारी दिए ।

आगामी असार ४ गतेसम्म छनोट चरणका खेल हुनेछन् । ढकालका अनुसार पहिलो चरणबाट २४ वटा विद्यालय छनोट भएर दोस्रो चरणमा पुग्नेछन् । १७ वर्ष मुनिका खेलाडीको सहभागिता रहने प्रतियोगिता ८० मिनेट खेलाइनेछ ।

भरतपुर महानगरपालिका–७ मा रहेको कृष्णपुर खेलमैदान, वडा नं १२ मा रहेको रामबेल खेलमैदान, वडा नं १४ को सुन्दरबस्ती खेलमैदान र वडा नं ५ मा रहेको स्मल हेभेन बोर्डिङको खेल मैदानमा पहिलो चरणका खेल हुनेछन् ।

भरतपुर मेयरकप फुटबल लिगमा महानगरका एक हजार ४०० भन्दाबढी युवा खेलाडीको सहभागिता रहनेछ । असार १४ गतेसम्म हुने प्रतियोगिता सम्पन्न गर्न रु १२ लाख खर्च हुने अनुमान सङ्घले गरेको छ । प्रतियोगिताको औपचारिक उद्घाटन असार ४ गते हुनेछ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट