२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नन्दनको डेब्यू

मंगलवार , जेठ २८, २०८२

काठमाडौं । मध्यम गतिका बलर नन्दन यादवले स्कटल्याण्डमा सञ्चालन भइरहेको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली राष्ट्रिय टोलीबाट डेब्यू गरेका छन् ।

आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सविरुद्धको आजको खेलमा यादवले डेब्यू गरेका हुन् । उनलाई नेपाली राष्ट्रिय क्रिकेट टोलीका सहायक प्रशिक्षक ज्ञानेन्द्र मल्लले डेब्यू क्याप हस्तान्तरण गरेका हुन् । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट डेब्यू गर्ने उनी ४२औँ खेलाडी हुन् । जारी सिरिजमा यसअघिका तीन खेलमा यादवले खेल्ने मौका पाउन सकेका थिएनन् ।

तीव्र गतिका बलर सोमपाल कामी घाइते भएपछि उनले खेल्ने मौका पाएका हुन् । नेपाल क्रिकेट सङ्घ (क्यान) का प्रवक्ता छुम्बी लामाका अनुसार सोमपाल अभयासका क्रममा घाइते भएका हुन् । अभ्यासका क्रममा उनीसँगै गुल्सन झा पनि घाइते भएका छन् । सोमपालको दायाँ हातमा तथा गुल्सनको घुँडामा चोट लागेको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट