काठमाडौँ । नेपाली क्रिकेट इतिहासमा पहिलोपटक नेपालले टेस्ट राष्ट्र वेस्ट इन्डिजसँग टी–२० अन्तर्राष्ट्रिय शृंखलामा खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार विज्ञप्ति जारी गर्दै वेस्ट इन्डिजसँग तीन खेलको ऐतिहासिक सिरिज हुने जानकारी दिएको हो।
यो सिरिज आगामी सेप्टेम्बर २७, २८ र ३० मा संयुक्त अरब इमिरेट्स (यूएई)को शारजाह क्रिकेट रंगशालामा हुनेछ। प्रतियोगिता क्यानको आयोजना तथा एमिरेट्स क्रिकेट बोर्डको सहकार्यमा हुनेछ। क्यानले वेस्ट इन्डिज क्रिकेट बोर्ड र एमिरेट्स क्रिकेट बोर्डलाई यस ऐतिहासिक श्रृङ्खलामा सहकार्य गरेकोमा धन्यवाद दिएको छ।
वेस्ट इन्डिज टी–२० फर्म्याटमा दुई पटकको विश्व च्याम्पियन टोली हो।
प्रतिक्रिया दिनुहोस