२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

स्कटल्याण्डसँगको खेलमा नेपालले पहिले बलिङ गर्दै

मंगलवार , आषाढ ३, २०८२

काठमाडौं । स्कटल्याण्डमा भइरहेको त्रिदेशीय टी-२०आई शृंखलाअन्तर्गत स्कटल्याण्डसँगको खेलमा नेपालले पहिले बलिङ गर्दैछ ।

स्कटल्यान्डको ग्लासगोमा हुने खेलमा नेपालले टस जितेपछि स्कटल्यान्डलाई पहिले ब्याटिङको निम्तो दिएको हो।

आजको खेलमा नेपालले अधिकांश नेरदरल्यान्डविरुद्ध खेलकै खेलाडीलाई उतारेको छ। चोटका कारण नन्दन यादवलाई भने आज आराम दिइएको छ। उनको ठाउँमा बसिर अहमदलाई स्थान दिइएको छ।

प्लेइङ ११ : रोहित पौडेल (कप्तान), अनिल के साह (विकेटकिपर), कुशल भूर्तेल, दिपेन्द्र सिंह ऐरी, सन्दिप लामिछाने, करण केसी, ललित राजवंशी, बसिर अहमद, किरण ठगुन्ना, लोकेश बम, रुपेश के सिंह ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट