२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

प्रथम ‘आरआरए रनिङ सिल्ड’ क्रिकेट प्रतियोगिता सोमबारदेखि सुरू

सोमवार , श्रावण २६, २०८२

काठमाडौँ । सानेपास्थित रेडियन्ट रिडर्स एकेडेमीको आयोजनामा प्रथम ‘आरआरए रनिङ सिल्ड’ क्रिकेट प्रतियोगिता सोमबारदेखि सुरू भएको छ।

उक्त प्रतियोगिताको उद्घाटन नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले एक विशेष कार्यक्रममार्फत गरेका थिए । उनले निजी क्षेत्रबाट हुने यस्ता प्रतियोगिताले क्रिकेटप्रतिको आकर्षण बढाउन मद्दत पुग्ने उल्लेख गर्दै, क्रिकेटलाई प्राथमिकता दिएकोमा रेडियन्ट परिवारप्रति आभार व्यक्त गरे।

पहिलो दिन समूह चरणका निर्धारित ७ खेलमध्ये वर्षाका कारण २ खेल हुन सकेनन्। रेडियन्ट क्रिकेट एकेडेमीको खेलमैदानमा सम्पन्न खेलहरूमा ब्लुबर्डले संस्कृति, अपीले ग्यालेक्सी, डिएभीले ब्लुबर्ड, मनकामनाले ग्यालेक्सी र एलआरआईले ब्लुबर्डलाई पराजित गरे।

ब्लुबर्डका आदित्य शर्मा, अपीका कृजल प्रसाईं, डिएभीका प्रसिद्ध जैशवाल, मनकामनाका विवेश न्यौपाने र एलआरआईका आरी थपलिया ‘म्यान अफ द म्याच’ घोषित भए।

रेडियन्ट रिडर्सका संस्थापक प्रिन्सिपल डीके ढुंगानाले शिक्षा विकाससँगै खेलकुदको प्रवर्द्धनमा पनि रेडियन्ट सक्रिय रहेको बताए। उनका अनुसार विद्यालय तहबाटै खेलाडी उत्पादन गर्न सके मात्र राष्ट्रियस्तरको टिम बलियो बन्न सक्छ।

दस ओभरको लिग कम नकआउट प्रारूपमा सञ्चालन भइरहेको प्रतियोगितामा आयोजकको दुई टिमसहित १५ छात्र टिम सहभागी छन्। विजेताले ३० हजार रुपैयाँ र उपविजेताले १५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट