२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

आरआरमा क्याम्पस स्तरीय पुरुष भलिबल प्रतियोगिता : विजेताले पाउनेछन् ३ लाख

आइतवार , भाद्र १, २०८२

काठमाडौं । रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर) स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा “अन्तर क्याम्पस स्तरिय राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता–२०८२” हुने भएको छ । यही भदौ २२ गतेदेखि सुरु हुने प्रतियोगिता एक सातासम्म चल्नेछ ।

आइतबार पत्रकार भेटघाट कार्यक्रममा स्ववियु अध्यक्ष लोकेश कुमार खड्काले शिक्षा, नेतृत्व, अनुसन्धान र राष्ट्र निर्माणमा युवा पुस्ताको सक्रिय सहभागिता अपरिहार्य रहेको भन्दै खेलकुद गतिविधि विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा महत्वपूर्ण माध्यम भएको बताएका छन् ।

खेलकुदले केवल मनोरञ्जन मात्र नभई मानसिक, शारीरिक, सामाजिक र सांस्कृतिक पक्षमा पनि सकारात्मक प्रभाव पार्ने भएकाले यस प्रतियोगितालाई भव्य र सफल बनाउन विभिन्न तह–तहका निकायसँग सहकार्य गरिएको संघले जनाएको छ ।

स्ववियुका अनुसार यस प्रतियोगिताको उद्देश्य युवाहरूमाझ शारीरिक तन्दुरुस्ती, आपसी भाईचारा, नेतृत्व क्षमता, सहकार्य, अनुशासन, राष्ट्रप्रेम र अनुसन्धानात्मक चेतना जगाउनु हो । साथै, विद्यार्थीहरूले कक्षा कोठामा प्राप्त गरेको ज्ञानसँगै जीवन उपयोगी अनुभव हासिल गर्न यस किसिमका गतिविधिले ठूलो योगदान पुर्‍याउने विश्वास गरिएको छ ।

प्रतियोगितामा क्याम्पस प्रशासन, विभिन्न विद्यार्थी संगठन, स्वास्थ्य संस्था, सुरक्षाकर्मी, सञ्चारमाध्यम, स्थानीय निकाय, उद्योगी–व्यापारी लगायतको विशेष सहयोग रहनेछ । संघले सम्पूर्ण विद्यार्थी, शिक्षक, अभिभावक, शुभेच्छुक र स्थानीयबासीलाई सक्रिय सहकार्य र उपस्थितिका लागि आह्वान गरेको छ ।

विशेषगरी प्रतिकूल अवस्थामा पनि स्वास्थ्य सेवामा महत्वपूर्ण योगदान पुर्याउँदै आएका काठमाडौं मोडल अस्पताल, त्यस्तै विभिन्न सञ्चारमाध्यम र सामाजिक संस्थाहरूले यस कार्यक्रमलाई सहयोग गर्ने सहमति जनाएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोलिलाई आकर्षक नगद पुरस्कार सहित सम्मान गरिनेछ ।

पहिलो हुने टोलीलाई रु. ३,००,००० नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

दोस्रो हुने टोलीलाई रु. २,००,००० नगद, मेडल र प्रमाणपत्र ।

तेस्रो हुने टोलीलाई रु. १,००,००० नगद, मेडल र प्रमाणपत्र ।

त्यसैगरी उत्कृष्ट खेलाडीहरूलाई विशेष सम्मानपत्र तथा प्रोत्साहन पुरस्कार पनि प्रदान गरिनेछ ।

स्ववियुका अनुसार प्रतियोगिता भव्य रूपमा सम्पन्न गर्न सुरक्षा व्यवस्थादेखि मेहमान आतिथ्य, उद्घाटन तथा समापन समारोह, सञ्चार व्यवस्थापन, निर्णायक मण्डल, स्वयंसेवक तथा प्राविधिक पक्षमा सम्पूर्ण तयारी थालिएको छ । यसै सन्दर्भमा विज्ञप्तिमा भनिएको छ, “हामीले सम्पूर्ण तयारीलाई अन्तिम चरणमा पुर्‍याइसकेका छौं । यो केवल खेलकुद मात्र नभई राष्ट्र निर्माणतर्फ युवाको अग्रसरतालाई बल दिन गरिएको पहल हो ।”

स्ववियुले यस प्रतियोगितामार्फत विद्यार्थीमाझ नेतृत्व क्षमता विकास, राष्ट्र निर्माणको भावना र स्वास्थ्यप्रति सचेतना जगाउने आशा व्यक्त गरेको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट