काठमाडौं । अष्ट्रेलियाको नर्दन टेरेटोरीमा जारी टप इन्ड टी–२० सिरिजमा नेपालले दोस्रो जित निकालेको छ । मेलबर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको हो ।
डार्बिनमा नेपालले दिएको १४० रनको लक्ष्य पछ्याएको मेलवर्न २० ओभरमा १०६ रनमा अलआउट भयो । रेनेगेड्सका अर्जुन नायरले सर्वाधिक २६ रन बनाए । जे लेमिरले १८ तथा ह्यारी डिक्सनले १६ रन बनाए ।
बलिङमा नेपालका लागि सोमपाल कामीले ५ विकेट लिए । कुशल भुर्तेलले २ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ रोजेको नेपालले ९ विकेटको क्षतिमा १३९ रन मात्र बनाउन सक्यो ।
नेपालका कुशल मल्लले सबैभन्दा बढी २९ रन बनाए । कप्तानको भूमिकामा रहेका दीपेन्द्रसिंह ऐरीले २७ रन र लोकेश बमले २४ रन जोडे ।
बलिङमा मेलवर्नका फर्ग्युस ओनिल, कोलुम स्ट, लाच्लान बाङ र माइकल आर्चरले २–२ विकेट लिए ।
नेपाल हालसम्म खेलेका ५ खेलमध्ये ३ खेलमा लगातार पराजित हुँदा त्यसपछि लगातार २ जित निकालेको हो । नेपालले शुक्रबार पाकिस्तान शाहीन्ससँग खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस