काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) फाइनलमा सुदूरपश्चिम रोयल्स ८५ रनमा अलआउट भएको छ ।
कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा लुम्बिनी लायन्सविरुद्ध टस जितेर पहिले ब्याटिङ गरेको साविक उपविजेता सुदूरपश्चिम रोएल्सले १९.१ ओभरमा सबै विकेट गुमाएर ८५ रनमै अलआउट भएको हो ।
सुदूरपश्चिमका लागि इशान पाण्डेले सर्वाधिक ३३ रन बनाए । कप्तान दीपेन्द्रले १३ रन बनाए । त्यस्तै, हर्मित सिंह र स्कट कुगेलेइनले समान १० रन जवोडे ।
लुम्बिनीका रुबेन ट्रम्पलम्यान, रोहित पौडेल र शेर मल्लले ३–३ विकेट लिए । तिलक भण्डारीले १ विकेट लिए ।
प्रतिक्रिया दिनुहोस