२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

नेपाली महिला राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकमा भारतका हर्शल पाठक नियुक्त

मंगलवार , पौष १, २०८२

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा भारतीय प्रशिक्षक हर्शल जयन्त पाठकलाई नियुक्त गरेको छ।

क्यानले पहिलोपटक महिला टोलीका लागि विदेशी प्रशिक्षक भित्र्याएको हो । भारतीय प्रशिक्षक पाठकले यसअघि थाइल्यान्डको राष्ट्रिय टोलीको जिम्मेवारी सम्हालेका थिए । उनी भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसीसीआई) को लेभल-बी प्रशिक्षक हुन् ।

नेपाली महिला राष्ट्रिय क्रिकेट टिम हाल आइसिसी वुमन्स टी-२० विश्व छनोटको तयारीमा छ। त्यसका लागि नेपाली टोलीले बन्द प्रशिक्षणमा रहेर तयारी गरिरहेको छ।

विश्व छनोट आगामी जनावरी १२ देखि फेब्रुअरी १ सम्म काठमाडौंमा सञ्चालन हुँदैछ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ