२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

निजी क्षेत्रलाई संरक्षण, प्रोत्साहन र लगानीको वातावरण बनाउन सके मुलुक समृद्धितर्फ अघि बढ्छ : प्रचण्ड

बुधवार , पौष १६, २०८२

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले निजी क्षेत्रलाई संरक्षण, प्रोत्साहन र लगानीको वातावरण बनाउन सके मुलुक बिकास र समृद्धितर्फ अघि बढ्न सक्ने बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघले बुधबार काठमाडौंमा आयोजना गरेको शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य विषयक सर्वपक्षीय राष्ट्रिय संवादमा प्रचण्डले निर्वाचनको तयारीसँगै देशमा अन्यौलता हटेको बताए । उनले जेनजी आन्दोलनपछि देखिएको अन्यौलता निर्वाचनको तयारीसँगै हटेर गएको बताएका हुन् ।

उनले धेरै अप्ठेरो र जटिलताकाबीच निर्वाचन नै देशको निकास हो भनेर सरकारले गरेको दृढ प्रदर्शन प्रसंशनीय रहेको धारणा राखे । अहिले सबै राजनीतिक दल र आम जनताले निर्वाचनको मानसिकता बनाइएकोले कुनै अन्यौलता नरहेको उनको भनाइ छ । प्रचण्डले ताजा जनादेशमार्फतको संसदबाट जेनजीका मुद्दालगाएत संविधानका सीमा र कमीहरुलाई संशोधनमार्फत सुधार गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट