२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

विधान अनुसार नै एन्फाको निर्वाचन हुन्छ : महासचिव राइ

शनिवार , पौष १९, २०८२

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राइले संस्थाको विधान अनुसार नै एन्फाको निर्वाचन गर्ने निर्णय गरेको बताएका छन् ।

एन्फाको अर्लि इलेक्सन गर्ने निर्णयप्रति विरोध भएपछि शनिबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै महासचिव राइले विधान अनुसार नै चार बर्षको कार्यकाल सकिनु अघि नै निर्वाचन गर्ने निर्णय गरेको बताएका हुन् । उनले वर्तमान कार्यसमितिका बारेमा धेरै प्रश्न उठेपनि ताजा निर्वाचनमा जान विधान अनुसार अघि बढ्न खोजेको स्पष्ट पारे । आफु नियुक्त भएदेखि धेरै ठूला आरोप र आलोचना खेप्दै नेपाली फुटबललाई अहिलेको अवस्थामा ल्याउन सफल भएको उनको भनाइ छ ।

एन्फा कार्यसमितिको पुस १६ गते बसेको बैठकले आगामी माघ २८ गते झापामा निर्वाचन गर्ने निर्णय गरेको थियो । तर, केही सदस्यहरूले उक्त निर्णय विधानविपरीत, अलोकतान्त्रिक र स्वेच्छाचारी भएको आरोप लगाउदै विरोध गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ