२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

आईसीसीले बङ्गलादेशलाई टी–२० विश्वकपबाट हटायो, स्कटल्यान्डले मौका पाउने

शनिवार , माघ १०, २०८२

काठमाडौं । बंगलादेशले भारतमा आएर नखेल्ने अडान राखेपछि आईसीसीले आगामी महिनाबाट भारत र श्रीलंकामा हुने आइसीसी टी–२० विश्वकप क्रिकेट २०२६ बाट बंगलादेशलाई हटाएको छ ।

आईसीसीले बंगलादेशको ठाउँमा स्कटल्याण्डलाई अवसर दिएको छ ।

बीसीबीले निरन्तर भारतमा खेल्न नजाने र आफ्ना खेलहरू भारतबाहिर श्रीलंकामा सार्न माग गर्दै आएको थियो । आईसीसीले पनि विश्वकप पूर्वनिर्धारित तालिका अनुसार नै अगाडि बढ्ने बताएको थियो । तर बंगलादेश आफ्नो निर्णयबाट पछि नहटेपछि आईसीसीले बंगलादेशलाई हटाएको हो ।

यससँगै, बंगलादेश नखेलेको अवस्थामा हाल विश्‍वकपमा खेल्नेबाहेक सबैभन्दा माथिल्लो वरियतामा रहेका आधारमा स्कटल्यान्डले खेल्ने मौका पाएको हो ।

भारत र बंगलादेशको विवाद कोलकाता नाइट राइडर्स (केकेआर) ले बंगलादेशका तीव्र गतिका बलर मुस्ताफिजुर रहमानलाई आईपीएल २०२६ को टोलीबाट हटाएपछि सुरुआत भएको हो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ