२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

सुजनलाई दोहोरो स्वर्ण

सोमवार , चैत्र २, २०८२

काठमाडौँ । नेपाली उमा कुङफु खेलाडी सुजन कक्षपतिले अन्तरराष्ट्रिय प्रतियोगितामा दोहोरो स्वर्ण जितेका छन् । उनले पहिलो पटक सो प्रतियोगितामा भाग लिएका हुन् ।

जर्मनीमा भएको ब्याटल अफ बभेरियामा सुजनले दुई फरक विधामा स्वर्ण पदक जितेको नेपाल उमा कुङफु सङ्घका अध्यक्ष एवं डब्लुएमएसी नेपाल च्याप्टरका महासचिव सञ्जीतकुमार राईले जानकारी दिए ।

वल्र्ड मार्सल आट्र्स कमिटी (डब्लुएमएसी) द्वारा आयोजित उक्त प्रतियोगितामा सुजनले चाइनिज क्रिएटिभ फम र ट्रेडिसनल फम विथ वेपनमा प्रतिस्पर्धा गरेका थिए । चाइनिज क्रिएटिभ फममा सुजनले २३.०२ अङ्क प्राप्त गरे । यो स्पर्धामा पाँच जना सहभागी थिए । सात खेलाडीले भाग लिएको ट्रेडिसनल फम विथ वेपनमा सुजनले २२.५८ अङ्क पाएका थिए ।

प्रतियोगितामा नेपालसहित १० राष्ट्रका एक हजार २०० खेलाडीको सहभागिता रहेको सङ्घले जनाएको छ । सुजनले सातौँ राष्ट्रिय प्रतियोगितामा उमा कुङफु च्याम्पियनसिपमा रजत पदक प्राप्त गरेका थिए ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ