२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

खसीको नाममा बाख्रीको मासु बिक्री : मुगुमा तीन व्यापारी पक्राउ

बुधवार , चैत्र ११, २०८२

मुगु । मुगुको सदरमुकाम गमगढी बजारमा खसीको मासु भन्दै बाख्रीको मासु बिक्री गर्दै आएका तीन जना मासु व्यापारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी निरीक्षक नवीनकुमार शाहीको कमाण्डमा खटिएको टोलीले गमगढीस्थित तीन वटा मासु पसलमा छापा मार्दा बाख्री काट्न तयारी अवस्थामा राखिएको र मासुसहित व्यवसायीहरूलाई पक्राउ गरेको हो।

स्थानीय उपभोक्ताबाट “खसीको नाममा बाख्रीको मासु बिक्री भइरहेको” भन्ने गुनासो आएपछि प्रहरीले तीन दिनदेखि निगरानी तथा अनुसन्धान गर्दै आएको थियो। सोही क्रममा रावत मासु पसल, बोहोरा मासु पसल र आफन्त होटलबाट एक–एक वटा बाख्रीसहित सम्बन्धित व्यवसायीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक रवीराज थपलियाका अनुसार विगत ६ महिनादेखि यस्तो गतिविधिको सूचना आए पनि ठोस प्रमाण फेला परेको थिएन। बुधबार बिहान सादा पोशाकमा खटिएको प्रहरी टोलीले अपरेसन सञ्चालन गरी तीन वटा बाख्रीसहित व्यवसायीलाई नियन्त्रणमा लिएको हो।

गमगढीमा आधिकारिक रूपमा मासु व्यवसाय सञ्चालन गर्ने एक दर्जनभन्दा बढी व्यवसायी भए पनि केहीले लामो समयदेखि उपभोक्तालाई झुक्याउँदै खसीको नाममा बाख्रीको मासु बिक्री गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। प्रभावकारी अनुगमन अभावका कारण उपभोक्ताहरू ठगीमा पर्दै आएका थिए।

नियन्त्रणमा लिइएका बाख्री र मासुको पशु चिकित्सकमार्फत परीक्षण गरिने र त्यसपछि मात्र सम्बन्धित कानुनी कारबाही अघि बढाइने प्रहरीले जनाएको छ।

यस्तै, राष्ट्रिय उपभोक्ता हित संरक्षण समिति मुगुका अध्यक्ष चित्रबहादुर मल्लले प्रहरीले प्रमाणसहित व्यवसायीलाई नियन्त्रणमा लिएकाले अब कानुनी प्रक्रिया अनुसार कडा कारबाही अघि बढ्ने बताएका छन्।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ