२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

‘बाहिनीपति कप २०८२’ अन्तर्गतको फुटबल प्रतियोगिता सम्पन्न

शुक्रवार , चैत्र १३, २०८२

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपाल नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौंले आयोजना गरेको ‘बाहिनीपति कप, २०८२’ अन्तर्गतको फुटबल प्रतियोगिताको उपाधि ससस्त्र प्रहरी बल, नेपाल नं. १९ बगलामुखी (विशेष कार्यदल) गण हल्चोकले जितेको छ ।

चैत १० गतेदेखि १३ गतेसम्म संचालित प्रतियोगितामा बाहिनी मातहतका ६ वटा गणहरूका सशस्त्र प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो । सातदोबाटो स्थित एन्फा फुटबल ग्राउण्डमा संचालित उक्त फाईनल खेलमा सशस्त्र प्रहरी बल, नेपाल दंगा नियन्त्रण रेजिमेन्ट गण, नीलबाराहीलाई २–१ गोल अन्तरले पराजित गर्दै नं. १९ गण विजयी भएको हो ।

सशस्त्र प्रहरी बल, नेपाल नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय, काठमाडौंका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक सुरेश कुमार श्रेष्ठले म्याच रेफ्रीलाई बल हस्तान्तरण गरी खेल सुरुवात भएको थियो । उक्त फाईनल खेल सम्पन्न पश्चात बाहिनीपति श्रेष्ठले खेलकुद प्रतियोगिताले सशस्त्र प्रहरी कर्मचारीमा आपसी भातृत्व र भाइचाराको विकास, पेशाप्रतिको निष्ठा, पृथक मनोरञ्जनको वातावरण सिर्जना, सकारात्मक सोचको विकास हुनुको साथै निकट भविष्यमा आयोजना हुन गइरहेको ‘आईजीपी कप’ लागि खेलाडीहरूको छनोटमा समेत सहयोग पुग्ने बताए ।

त्यसका साथै सकल दर्जाका राष्ट्रसेवकहरुमा सामूहिक भावना, व्यावसायिक क्षमता अभिवृद्धि, संगठन र युनिटप्रतिको बफादारिता, व्यक्तिगत अनुशासन, व्यावसायिक प्रतिस्पर्धात्मक क्षमताको विकास तथा खेलकुद क्षेत्रको समग्र विकासमा सहयोग पुर्याउने हेतुले संगठनको पेशागत गतिविधि अन्तर्गत बाहिनीपति कपको आयोजना गरिएको समेत बताएका छन् ।

उक्त फाईनल खेलमा उपत्यका स्थित सशस्त्र प्रहरी बल, नेपालका गणका गणपतिहरु, वरिष्ठ अधिकृतहरु तथा सशस्त्र प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो । सप्ताहव्यापी रुपमा आयोजित बाहिनीपति कप अन्तर्गत फुटबल, भलिबल, एथ्लेटिक्स, ब्याडमिन्टन, पिकलबल, कबड्डी लगायतका अन्य खेलहरु समेत संचालन भईरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ