२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

यूएईविरुद्धको टी–२० का लागि नेपाली टोली घोषणा: दीपेन्द्र कप्तान बन्दा रोहित आउट

शुक्रवार , बैशाख ४, २०८३

काठमाडौं । आगामी सोमबार र मंगलबार यूएईसँग हुने टी–२० अन्तर्राष्ट्रिय शृंखलाका लागि नेपाली क्रिकेट टोलीको घोषणा गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले दीपेन्द्रसिंह ऐरीको कप्तानीमा १५ सदस्यीय टोली सार्वजनिक गरेको हो । यसपटक नियमित कप्तान रोहित पौडेल भने टोलीमा परेका छैनन् ।

टोलीमा कुशल मल्ल र अर्जुन साउदले पुनरागमन गरेका छन् । मल्लले पछिल्लो पटक टी–२० विश्वकप एसिया छनोटमा खेलेका थिए भने साउदले सन् २०२२ पछि पहिलोपटक टोलीमा स्थान बनाएका हुन् ।

यस्तै सन्तोष यादव र हेमन्त धामी पहिलोपटक टी–२० अन्तर्राष्ट्रिय टोलीमा परेका छन् । दुवै खेलाडीले अहिलेसम्म अन्तर्राष्ट्रिय डेब्यू गरेका छैनन् ।

क्यानका अनुसार टी–२० टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्नेछन् भने एकदिवसीय टोलीको कप्तानी रोहित पौडेलले नै सम्हाल्नेछन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ