२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

विश्वकप लिग–२ : त्रिवि मैदानमा नेपाल आज ओमानसँग भिड्दै

बुधवार , बैशाख १६, २०८३

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले आज आफ्नो दोस्रो खेलमा बलियो प्रतिद्वन्द्वी ओमानको सामना गर्दैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ः३० बजे सुरु हुने यो खेल नेपालका लागि अंकतालिकामा माथि उक्लिन निकै महत्वपूर्ण मानिएको छ।

आफ्नो पहिलो खेलमा यूएईलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको नेपाली टोली आज पनि त्यही लयलाई कायम राख्ने लक्ष्यमा छ। घरेलु मैदान र समर्थकको साथ रहेको नेपालका लागि ओमानविरुद्धको जितले टोलीको मनोबल अझ उच्च बनाउनेछ।

अर्कोतर्फ, ओमान आफ्नो पहिलो खेलमा यूएईसँग हार व्यहोरेकाले आजको खेलमा पुनरागमन गर्ने कसरतमा छ। अंकतालिकामा तेस्रो स्थानमा रहेको ओमानका लागि नेपालविरुद्धको जित आफ्नो शीर्ष तीनको स्थान मजबुत बनाउन अनिवार्य जस्तै छ।

हालसम्मको अंकतालिकामा ओमान २५ खेलबाट २९ अंक जोड्दै तेस्रो स्थानमा छ भने नेपाल २१ खेलबाट १४ अंकसहित सातौँ स्थानमा संघर्ष गरिरहेको छ। नेपाललाई विश्वकपको छनोट यात्रामा सुरक्षित रहन बाँकी खेलहरूमा जित हासिल गर्नुको विकल्प छैन।

आजको खेलमा दुवै टोली जितका लागि कडा प्रतिस्पर्धा गर्ने निश्चित छ। त्रिवि मैदानमा आजको खेल हेर्न दर्शकहरूको ठूलो उपस्थिति रहने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ