काठमाडौँ । सरकारका प्रवक्ता सस्मित पोखरेलले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूभाग रहेको सरकारले प्रष्ट धारणा सार्वजनिक गरिसकेको बताएका छन् ।
मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा पत्रकारले सोधेको प्रश्नमा उनले यसबारे जवाफ दिएका हुन् ।
भारत र चीनले नेपालको दार्चुलाको लिपुलेक हुँदै पास बनाएको विषयमा बोल्दै उनले लिपुलेक नेपालको भूमि भएकोमा सरकार स्पष्ट रहेको बताए ।
उनले भने, ‘कूटनीतिक नोट पठाइसकेका छौँ । हाम्रोमा भूमि हो भन्नेमा सरकार स्पष्ट छ ।’
बाँकी दुई देशका सरकारबीच सहकार्य र संवादबाट हुने कुरा भएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस