२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

नक्कली सुकुम्वासीलाई पहिचान गरेर कारबाही गर्नुपर्छ, उनीहरुका कारण वास्तविक भुमिहिनलाई समस्या भयो : हर्क साम्पाङ

सोमवार , बैशाख २१, २०८३

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले नक्कली सुकुम्वासीलाई पहिचान गरेर कारबाही गर्न माग गरेका छन् ।

सोमबार थापाथलीस्थीत सरकारले भत्काएको सुकुम्वासी बस्तीमा पुगेर साम्पाङले नक्कली सुकुम्वासीका कारण वास्तविक भुमिहिन सकुम्वासीलाई समस्या भएको भन्दै नक्कली सुकुम्वासीलाई कारवाही गर्न माग गरेका हुन् । सुकुम्वासी बनेर सरकारी जग्गा भाडामा लगाउनेलाई कारवाही र वास्तविक पीडितलाई सरकारले उचित व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ ।

उनले बस्ती भत्काउनुअघि नै वास्तविक सुकुम्वासीको पहिचान गर्नुपर्नेमा, पहिचान नगरी एक्कासी डोजर लगाउदा वास्तविक पीडित थप समस्यामा परेको धारणा राखे । गरिव जनतालाई विस्तापित गर्ने काम सरकारले गर्न नहुने भन्दै उनले उनीहरुलाई सहज जिवनयापनको व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

उनले नागरिकको अधिकारलाई ख्याल राख्दै आगामी दिनमा उचित कदम चाल्न सरकारलाई सुझाव समेत दिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट