logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • सेयर बजारमा दोहोरो अंकको गिरावट

    सेयर बजारमा दोहोरो अंकको गिरावट

    7.3K
    Shares

    काठमाडौं । आइतबार नेप्से १८ दशमलव ५३ अंकले घटेर दुई हजार ६ सय ६२ दशमलव ५८ विन्दुमा रोकिएको हो छ । आइतबार नेप्सेमा २२० कम्पनीको ७२ लाख ५१ हजार ७४४ कित्ता सेयर किनबेच हुँदा कुल चार अर्ब ४९ करोड ८० लाख बराबरको कारोबार भएको छ ।

    सबैभन्दा बढी महिला लघुवित्त कम्पनीको कारोबार भएको छ । कम्पनीको १८ करोडभन्दा बढीको सेयर कारोबार भएको छ । 

    आइतबार फाइनान्स, जीवन बिमा र म्युचल फन्डको समूहको सूचक शून्य प्रतिशतभन्दा थोरैले मात्रै उकालो लागेको छ भने बाँकी सबै समूह शून्यदेखि एक प्रतिशतको हाराहारीले ओरालो लागेर राताम्मे भएका छन् । 

    नेप्सेका अनुसार आइतबार चार कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन् । सर्वाधिक सेयरमूल्य बढ्ने कम्पनीमा सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था, मैलुङ खोला जलविद्युत कम्पनी, जीवन विकास लघुवित्त र महिला लघुवित्त कम्पनी छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend