logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • नेप्से परिसूचक ५७.६५ अंकले वृद्धि

    नेप्से परिसूचक ५७.६५ अंकले वृद्धि

    4.5K
    Shares
    नेप्से परिसूचक ५७.६५ अंकले वृद्धि

    काठमाडौं । साताको पहिलो कारोबारको दिन आईतवार शेयर बजार मापक नेप्से परिसूचक उच्च अंकले बढेको छ । गत साताको अन्तिम कारोबारको दिन ८.८७ अंकले गिरावट भएको नेप्से आईतवारको कारोबारमा भने वृद्धि भएको हो । आईतवार नेप्से परिसूचक ५७.६५ अंकले बढेर २०८६.४२ बिन्दुमा पुगेको छ ।

    त्यस्तै,सेन्सेटिभ इण्डेक्स १०.२१ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ३.७३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.०८ अंकले बढेको छ । आईतवार कारोबारमा २३१ कम्पनीको ६२ लाख २७ हजार ६९२ कित्ता शेयर २ अर्ब ४८ करोड ४ लाख ७३ हजार ९९९ बराबरको कोराबार भएको छ । अघिल्लो कारोबारको आधारमा नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढको छ ।

    नेप्सेका १३ उपसमूहमा सबै उपसमूहको परिसूचक बढेका छन्। जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक ९.३० प्रतिशत बढेको छ । त्यसैगरी जलविद्युत उपसमूहको परिसूचक ५.६३ प्रतिशत बढेको छ । यता वित्त, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ ।

    नेप्से बढेसँगै कारोबारमा आएका ७ कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा साल्ट ट्रेडिङ्ग कर्पोरेशन, हिमालयन पावर पार्टनर, अपर तामाकोशी, सान्जेन लघुवित्त कम्पनी, नेष्डो समृद्ध लघुवित्त, सिवाईसी लघुवित्त र रसुवागढी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । उता ३० कम्पनीको शेयर मूल्य भने गिरावट आएको छ । कारोबार रकमका आधारमा २२ करोड २८ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री गरेर ङादी गु्रप पावर शीर्ष स्थानमा रहेको छ । हिमालयन डिष्टिलरीको करिब ९ करोडको शेयर कारोबार भएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend