logo

२०७९ असोज २० बिहिबार

logo
  • बिहिबार, २० असोज २०७९
  • चर्चित गीत ‘सान्नानी’को रिमेक भर्सन सार्वजनिक

    चर्चित गीत ‘सान्नानी’को रिमेक भर्सन सार्वजनिक

    10.9K
    SHARES
    चर्चित गीत ‘सान्नानी’को रिमेक भर्सन सार्वजनिक

    काठमाडौं । चर्चित गीत ‘सान्नानी’को रिमेक भर्सन सार्वजनिक भएको छ । आईतवार काठमाडौंमा एक कार्यक्रमबीच गायक बाबु बोगटीले करिब दुई दशकअघिको आफ्नो चर्चित गीत ‘सान्नानी’को रिमेक भर्सन सार्वजनिक गरेका हुन् ।



    प्रहिल कार्कीले निर्देशन गरेको गीतको भिडियोमा बाबु बोगटी, पुष्प खड्का, प्रिज्मा र प्रिन्सी खतिवडा फिचर्ड छन् । गीतमा ज्ञानीकुमारी बोगटीको शब्द तथा संगीत रहेको छ भने नयाँ भर्सनको एरेन्ज मोहित मुनालले गरेका छन् । भिडियोमा उत्तम हुमागाईंको छायांकन र माधव बेल्वासेको सम्पादन छ । सुरेन्द्र बसेलले भिडियोमा कोरियोग्राफी गरेका छन् । वि.सं. २०६१ सालमा सार्वजनिक भएको ‘सान्नानी’ गीत त्यसबेला निकै चर्चित भएको थियो ।

    यो गीतबाटै गायक बोगटी सांगीतिक क्षेत्रमा स्थापित भएका थिए । ओरिजिनल भर्सनको भिडियोमा बाबु र नन्दिता केसीको अभिनय रहेको थियो भने निर्देशन आलोक नेम्बाङले गरेका थिए । कार्यक्रममा बोल्दै गायक बोगटीले सांगितिक क्षेत्रमा ख्याति कमाउनुको पछि यही गीत रहेको बताए । उनले धेरैले पुरानो गीत भन्दा नयाँ गीत गाउन सुझाव दिएपनि आफूले १२ वर्षमा खोला त फर्किन्छ यो त २० वर्ष भइसक्यो भन्ने हिसावले उत्तर दिँदै आएको बताए । कार्यक्रममा अभिनेता पुष्प खड्काले यो गीत अहिलेका दर्शकहरुसामु पुनः पु¥याउनु आफैँमा राम्रो भएको बताए ।

    कार्यक्रममा गायक बोगटीले चाँडै नै सान्नानीको दोस्रो भर्सन ल्याउने घोषणा गरे ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको

    Copyright © All right reserved to Sunaulo Nepal Site By: SobizTrend