logo

२०८१ बैशाख १८ मंगलबार

logo
  • मंगलबार, १८ बैशाख २०८१
  • सिभिल बैंकको मोबाइल बैंकिङ एप चलाउँदा नेपाल टेलिकमले शुल्क नलिने

    सिभिल बैंकको मोबाइल बैंकिङ एप चलाउँदा नेपाल टेलिकमले शुल्क नलिने

    3.1K
    Shares
    सिभिल बैंकको मोबाइल बैंकिङ एप चलाउँदा नेपाल टेलिकमले शुल्क नलिने

    काठमाडौं । सिभिल बैंक र नेपाल टेलिकमबीच साझेदारीसम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट चिफ विजिनेस भोला बहादुर बिष्ट र नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यावसायिक अधिकृत संगिता अर्यालले हस्ताक्षर गरे ।

    सो सम्झौतापत्र अनुसार पुस १ गतेदेखि नेपाल टेलिकमको मोबाइल सेवा प्रयोगकर्ताहरुले डाटा अन गरी सिभिल बैंकको मोबाईल बैंकिङ एप मार्पmत फन्ड ट्रान्सफर, क्यूआर पेमेन्ट लगायत अन्य फिचरहरुको उपयोग गर्दा कुनै पनि शुल्क लाग्ने छैन ।

    नेपाल राष्ट्र बैंकको विद्युतीय माध्यम मार्फत कारोबार गर्न प्रोत्साहन गर्ने नीति बमोजिम सिभिल बैंकले आफ्नो ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै यो सम्झौता गरेको हो ।

    सिभिल बैंकको साढे चार लाख भन्दा बढी मोबाईल बैंकिङ एपका प्रयोगकर्ताहरु यस सम्झौतापत्रबाट प्रत्यक्ष लाभान्वित हुने कुरा सिभिल बैंकका चिफ विजनेस भोला बहादुर बिष्टले बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend