logo

२०८१ बैशाख २३ आइतबार

logo
  • आइतबार, २३ बैशाख २०८१
  • कैलालीमा कपडा पसलमा आगलागी, ६० लाख बराबरको क्षति

    कैलालीमा कपडा पसलमा आगलागी, ६० लाख बराबरको क्षति

    4.1K
    Shares
    कैलालीमा कपडा पसलमा आगलागी, ६० लाख बराबरको क्षति

    धनगढी । कैलालीमा कपडा पसलमा आगलागी भएको छ । कपडा पसलमा आगलागी हुँदा ६० लाख बराबरको क्षति भएको छ ।

    जिल्लाको धनगढी उपमहानगरपालिका–१९ को पच्चीस घर बजारमा स्थानीय लक्ष्मण चौधरीले सञ्चालन गरेको स्पर्ष सपिङ सेन्टरमा आगलागी हुँदा ६० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले शनिबार राति २ बजे चौधरीले सञ्चालन गरेको कपडा पसलमा आगलागी हुँदा दुई वटा कोठा, पसलमा रहेका लत्ता, कपडासहितका सामान जलेर नष्ट भएको बताए ।

    स्थानीय र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको जोशीले बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend