logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • वर्तमान सरकारको स्थिरता चुनौतिको विषयः महामन्त्री थापा

    वर्तमान सरकारको स्थिरता चुनौतिको विषयः महामन्त्री थापा

    2.5K
    Shares
    वर्तमान सरकारको स्थिरता चुनौतिको विषयः महामन्त्री थापा

    काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री तथा सांसद गगन थापाले वर्तमान सरकारको स्थिरता चुनौतिको विषय भएको बताएका छन् । सोमवार प्रतिनिधि सभा बैठकमा भागलिन नयाँ बानेश्वरस्थित संसद भवन पुगेका महामन्त्री थापाले सञ्चारकर्मीहरु सँग कुराकानी गर्दै सरकारको स्थिरता चुनौतिको विषय भएको बताएका हुन् ।

    उनले अघिल्लो पटक वर्तमान सत्तारुढ गठबन्धनले गठबन्धन जोगाउन नसकेको भन्दै यसपटक पनि गठबन्धन टिक्नेमा आशंका व्यक्त गरे । निर्वाचन अगाडी एउटा गठबन्धन र निर्वाचन पछि अर्को गठबन्धनको स्वरुप भएकाले पनि सरकारको स्थिरतामा चुनौति भएको उनको भनाई छ । महामन्त्री थापाले अहिलेको निर्वाचन प्रणालीलाई स्वीकार गरिसकेपछि सरकार बन्ने र बदलिने कुरालाई सामान्य रुपमा लिनुपर्ने पनि बताए ।

    उनले भने– ‘यो निर्वाचन प्रणालीबाट जस्तो खालको संसद बन्यो । योभन्दा अघिल्लो पटक पनि हामीले निर्वाचनभन्दा अगाडी गठबन्धन गरेर गइसकेपछाडी संसदभित्रको त्यो गठबन्धनलाई उहाँहरुले जोगाउन नसकेको कुराको साक्षी बसेर आएको हो । अहिले त झन निर्वाचनभन्दा अगाडी एउटा गठबन्धन, निर्वाचनको लगत्तैपछि अर्को गठबन्धन बनेर यो संसदको यात्रा प्रारम्भ भएको छ । सरकारमा बसिरहेको दलहरु एक ठाउँ टिकीराखेर बस्ने कुरा नै, सरकारको स्थिरताको कुरा नै एकदमै धेरै ठूलो चुनौतिको रुपमा लिएको छु । तर यो निर्वाचन प्रणालीलाई स्वीकार गरिसकेपछाडी सरकारहरु यसरी बन्छन् । बदलिन्छन् भन्ने कुरालाई सामान्य रुपमा स्वीकार गर्नुप¥यो ।’

    महामन्त्री थापाले संसदको पहिलो बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहालको सम्बोधनले उनिहरुका बिचमा बिग्रहको बिजारोपण भएको टिप्पणी गगरे । ओलीले अघिल्लो प्रतिनिधि सभा विघटनलाई प्रतिगामी भन्नेहरु नै प्रतिगामी हुन भनेको भन्दै सो कुरा नै विग्रहको कारण बन्नसक्ने उनको भनाई छ । उनले भने– ‘पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हालको प्रधानमन्त्रीलाई एउटा अवस्थामा भने बडो अपm्ठ्यारोमा पार्नुभएको मैले याद गरें । प्रतिनिधि सभा विघटन गरेको कुरा सोह्रैआना सत्य थियो । त्यो जनताको पक्षमा थियो । त्यसलाई प्रतिगामी भन्नेहरु नै प्रतिगामी हुन भन्दैगर्दा हालका प्रधानमन्त्रीले टेबुल ठोकौँ कि नठोकौँ भनेर अलमलमा परेको देख्दै गर्दा मलाई अलिकति सहानुभुति प्रकट गर्न मन लाग्यो । यो हेर्दा सामान्य अलमल देखिएपनि यसलाई मैले सामान्य अलमल मानेको छैन । किनकी यो विषयको हल नगरीकन, यो विषयको बारेमा एकपटक पनि छलफल नगरीकन, सामान्य शुभेच्छा पनि नगरीकन दुईवटा पार्टी एकठाउँ जोडिनुभएको छ । आजको पहिलो बैठकमा उहाँहरुले गरेको सम्बोधनले के संकेत गर्छ भने यो विषय नै जुन विषय यो भन्दा अघिल्लो प्रतिनिधि सभामा उहाँहरुको बीचको बिग्रहको कारक बन्यो । यो विषयको बिजारोपण आज फेरि भयो । यो नै उहाँहरु बीचको बिग्रहको कारक बन्छ । किनकी यो विषय हेर्दा सामान्य देखिएतापनि नेपालको संविधानलाई कसरी लिने, संवैधानिक व्यवस्थालाई कसरी लिने भन्ने मुलभुत विषयहरु हुन् । यि विषय केही पनि होइनन् भन्ने हो भने अघिल्लो पटक संसद विघटन किन भयो ? यसको उत्तर के हो ?’

    महामन्त्री थापाले सरकारले सरकारको भुमिका र प्रतिपक्षले प्रतिपक्षको भुमिका इमान्दारीतापूर्वक निर्वाह गरेमा संसदमा कुनैपनि समस्या नआउने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend