logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • नेकपा एसको केन्द्रिय कमिटी बैठकमा राजनीतिक प्रतिवेदनको मस्यौदा पेस हुने

    नेकपा एसको केन्द्रिय कमिटी बैठकमा राजनीतिक प्रतिवेदनको मस्यौदा पेस हुने

    2.2K
    Shares
    नेकपा एसको केन्द्रिय कमिटी बैठकमा राजनीतिक प्रतिवेदनको मस्यौदा पेस हुने

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को केन्द्रिय सचिवालय बैठकले केन्द्रिय कमिटीको बैठकका लागि राजनीतिक प्रतिवेदनको मस्यौदामाथि छलफल गरेको छ । बिहीवार पार्टी केन्द्रिय कार्यालयमा बसेको सचिवालय बैठकले माघ २१ र २२ गते हुन लागेको केन्द्रिय कमिटीको बैठकका लागि राजनीतिक प्रतिवेदनको मस्यौदामाथि छलफल गरेको बताएको हो ।

    बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले केन्द्रिय कमिटीको बैठकका लागि राजनीतिक प्रतिवेदनको मस्यौदामाथि छलफल गरेको र प्रतिवेदनलाई पुनः परिमार्जन गरी केन्द्रिय कमिटीमा पेस गर्ने बताए । उनले प्रतिवेदनलाई थप परिस्कृत बनाउन बैठक बसेको बताए ।

    उनले भने, ‘आज हाम्रो पार्टीको केन्द्रिय सचिवालयको ४९ औं बैठक बस्यो । बैठकले यही माघको २१ र २२ गते सम्पन्न हुन लागेको केन्द्रिय कमिटीको बैठकका लागि राजनीतिक प्रतिवेदनको मस्यौदामाथि छलफल ग¥यो । यो प्रतिवेदनको मस्यौदामाथि व्यापक छलफल गरी यसलाई पुनः परिमार्जन गरी केन्द्रिय कमिटीमा पेस गर्ने र त्यो भन्दा अघि यसलाई व्यवस्थित गर्नेगरी बैठक समाप्त गरेका छौँ । हाम्रो राजनीतिक प्रतिवेदनमा देशको समसामयिक स्थिति, सरकार, संसद यी सबै विषयमा धेरथोर छलफल गरिएको छ, संगठन निर्माण, व्यवस्थित, पुनः गठन गर्ने, क्रमशः अब हाम्रो पार्टीलाई बिस्तारै सबै जिल्लादेखि तल र माथिसम्मका कमिटीहरुलाई बिस्तार गर्ने कार्ययोजना बनाइरहेका छौँ ।’

    बैठकले राजनीतिक प्रतिवेदनमा देशको समसामयिक स्थिति, सरकार, संसदका विषयलाई पनि समेटिएको बताए । उनले संगठन निर्माण, संगठन व्यवस्थापन र पुनः गठनका प्रक्रियालाई पनि प्रतिवेदनमा समेटिएको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend